|
###
|
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोले अवरुद्ध सुनकोसी नदी वहावलाई सूचारु गर्न नेपाली सेनाले शनिबार सात पटक विष्फोट गरेको छ।
तालको पानीको भित्री बहाव २०५ क्युसेक रहेको र बाहिरी बहाव २१० क्युसेक रहेको जानकारी सैनिक जनसम्पर्क निर्देशनालयले दिएको छ। तालको पानी आज करिव ७ से.मि.ले घटेको छ। उक्त स्थानमा खोज तथा उद्धार कार्यको लागि हिजो लामोसाँघु पुर्याइएको दुईवटा एक्स्काभेटरको केही पार्टपुर्जा आज नेपाली सेनाको एम.आई. १७ हेलिकोप्टरले उक्त स्थानमा लगेको छ भने बांकी पाटपुर्जा भोली लैजाने व्यवस्था मिलाइएको छ।
सुनकोसीमा जम्मा भएको तालको पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकाश गराउने र अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चांडो सुचारु गर्ने योजना रहेको जानकारी सेनाले दिएको छ।

##
|

0 comments:
...