Headlines News :
Home » » आइएसद्धारा फेरि एक ब्रिटिस नागरिकको शीर छेदन गरी हत्या

आइएसद्धारा फेरि एक ब्रिटिस नागरिकको शीर छेदन गरी हत्या

###
काठमाडौं, आश्विन १८ । मुस्लिम अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)का लडाकुले बन्धक बनाएका एक ब्रिटिस नागरिकको शीर छेदन गरी हत्या गरेका छन् । गत वर्ष सिरियामा बन्धक बनाइएका ब्रिटिस नागरिक एलन हेनिंगको टाउको काटी हत्या गरेको भिडियो उनीहरुले सार्वजनिक गरेका हुन् ।

ट्याक्सी ड्राइभर हेनिंगलाई राहत सामग्री पुर्‍याउन जाँदै गर्दा अपहरण गरिएको थियो । गत महिना यसै गरी हत्या गरिएका ब्रिटिस नागरिक डेविड हेन्सको भिडियोमा हेनिंगलाई पनि देखाइएको थियो । भिडियोको अन्तिममा एक अमेरिकी नागरिकलाई पनि देखाइएको छ ।

उक्त घटनालाई बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आतंकवादी आइएसको गतिविधि बर्बर र भावशून्य रहेको टिप्पणी गरेका छन् । यस्ता अपराधीलाई कहिँ गएपनि नछाड्ने चेतावनी समेत उनले दिएका छन् ।

यसअघि आइएसले अमेरिकी पत्रकार जेम्स फाँली र स्टिवेन सोटलोफको पनि टाउको काटेरै हत्या गरेको दृष्य सार्वजनिक गरेको थियो । (एजेन्सी)
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar