Headlines News :
Home » , » ‘मृतकको दाहसंस्कार समेत गर्न पाइएन’, बाढीपीडित आक्रोशित (भिडियोसहित)

‘मृतकको दाहसंस्कार समेत गर्न पाइएन’, बाढीपीडित आक्रोशित (भिडियोसहित)

###
सुर्खेत, बर्दिया, भाद्र १० । सुर्खेत र बर्दियाका बाढीपीडितहरुले सरकारले दिने भनेको एक लाख रुपैयाँ अझै नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय राहत तथा पुनःस्थापन समितिको गत भाद्र ५ गते बसेको बैठकले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ज्यान गुमाउनेहरुका परिवारलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
/>
बाढीपहिरोका कारण सर्वस्व गुमाएका पीडितहरुले सरकारले रकम उपलब्ध नगराउँदा मृतकको दाहसंस्कार गर्न समेत कठिनाइ भएको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले भने केन्द्रबाट परिपत्र नै नआएकोले पीडीतहरुलाई रकम उपलव्ध गराउन कठिनाइ भएको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले दुर्गम क्षेत्रमा राहत र क्षतिपूर्ति पुर्‍याउने प्रयास जारी राखिएको बताए ।

बाढीपहिरोबाट बर्दियामा २९ जनाले ज्यान गुमाएका छन् भने १५ जना अझै बेपत्ता छन् । त्यस्तै, सुर्खेतमा बाढीपहिरोबाट ३३ जनाको मृत्यु भएको छ भने ९२ जना अझै बेपत्ता छन् ।

सुर्खेतमा बाढीपहिरोबाट ७ हजार ५ सय जना विस्थापित भएका छन् भने बर्दियामा २० हजार जना विस्थापित हुन पुगेका छन् ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar