###
|
|
काठमाडौं, भदौ ११– एक नेपाली कामदारको मृत्यु भएपछि आक्रोसित कामदारले मलेसियास्थित इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा आगो लगाइदिएको समाचार छ । कम्पनीमा आगो लगाएको अभियोगमा नेपालीसहित कम्तिमा ४२ जना कामदारलाई स्थानीय प्रहरीले पक्राउ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । आगो लगाउने काममा १ हजार भन्दा बढी नेपाली कामदारको पनि संलग्नता रहेको भन्दै नेपालीहरू पनि पक्राउ परेका हुन्। कम्पनीमा ७ देखि ८ हजार नेपाली कार्यरत छन्। कम्पनीको लापरवाहीको कारण बिहीबार छातिको बिरामी परेका झापाका हर्कबहादुर निरौलाको मृत्यु भएको थियो । सोहि घटनालाई लिएर कामदार र कम्पनीबीच विवाद चर्किएपछि कम्पनीमा आगो लगाइएको समाचारमा जनाइएको छ । घटनामा संलग्न रहेको भन्दै नेपालीसमेत पक्राउ गरेपछि क्वालालम्पुरस्थित नेपाली दूताबासका अधिकारी घटनास्थल पुगेको बताइएको छ ।
##
|
|
0 comments:
...