|
###
|
प्राणघातक इबोला भाइरसको उपचारमा प्रयोग भइरहेको प्रायोगिक औषधि जेडम्यापको बाँदरमा गरिएको परीक्षण शतप्रतिशत सफल भएको छ। 'नेचर' नामक पत्रिकामा यसबारे विस्तृत जानकारी छापिएको छ। इबोला भाइरसविरुद्ध लड्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको छ।
संक्रमण भएको पछिल्लो चरणमा पनि जेडम्याप औषधि प्रभावकारी पाइयो। अनुसन्धानकर्ताहरूले भनेका छन्, 'यो इबोलाको उपचारमा अगाडि बढ्न महत्त्वपूर्ण पाइला हो। संक्रमित भएको तीनचार दिनपछि पनि औषधि प्रभावकारी पाइयो।'
तर सीमित मात्र उत्पादन भएको यो औषधि पश्चिम अफ्रिकामा संक्रमित भएका करिब २० हजार मानिसका लागि अपुग छ। औषधि खुवाइएका सातजनामध्ये दुईको इबोलाबाटै मृत्यु भएको छ।
यस रोगबाट लाइबेरियाका डाक्टर र स्पेनिस धर्मगुरुको मृत्यु भएको थियो, तर दुईजना अमेरिकी डाक्टरलाई त्यसैले निको बनायो र एकजना ब्रिटिस नागरिक विलियम पुलेलाई पनि जेडम्याप दिइएको छ।
प्राणघातक इबोला भाइरसको उपचारमा प्रयोग भइरहेको प्रायोगिक औषधि जेडम्यापको बाँदरमा गरिएको परीक्षण शतप्रतिशत सफल भएको छ। संक्रमण भएको पछिल्लो चरणमा पनि यो औषधि प्रभावकारी पाइयो।
जेडम्यापलाई 'सिक्रेट सेरम' पनि भनिन्छ किनभने यो औषधि अझै परीक्षणकै चरणमा छ। इबोला भाइरस गिनीबाट सुरु भएको थियो। यस भाइरसले १५ सयभन्दा बढीको ज्यान लिइसकेकाले चिकित्सकहरूले परीक्षण नभए पनि जेडम्यापको प्रयोग गरिरहेका हुन्।
अनुसन्धानकर्ताहरूले विभिन्न प्रकारका रोग प्रतिरोधात्मक तत्त्वहरू 'एन्टिबडिज' को मिश्रणबाट बनाइएको औषधि जेडम्याप हो। द पब्लिक हेल्थ एजेन्सी क्यानडाका डा. गेरी कोबिङगर भन्छन्, 'रेसस मकाकस भनिने बाँदरमा गरिएको परीक्षणमा शतप्रतिशत सञ्चो हुने पाइयो।'
यसपटक संक्रमण भएको पाँचौं दिनमा पनि ती जनावरलाई औषधि दिइएको थियो। बाँदरहरूका लागि पाँचौं दिन भनेको संक्रमणको पछिल्लो चरण हो। जनावरमा भन्दा मानिसमा इबोला संक्रमण विस्तारै हुने गर्छ। यसैबीच सेनेगलका अधिकारीहरूले पनि इबोला संक्रमण देखिएको पुष्टि गरेका छन्।
यससँगै पश्चिम अफ्रिकामा इबोला संक्रमणको पाँचौं देशका रूपमा सेनेगलको नाम आएको छ। न्यु इङल्यान्ड जर्नल अफ मेडिसिन नामको जर्नलअनुसार यो भाइरस संक्रमणको सुरुआत दक्षिणपूर्वी गिनीको सानो गाउँकी दुई वर्षीया बालिकाबाट सुरु भएको हो।
त्यहाँबाट लाइबेरिया, सियरालियोन र नाइजेरियासम्म फैलियो। इबोला भाइरस बाँदर, चमेरा, जंगली मृगलगायत जनावरबाट सरेर मानिसमा पुगेको बताइन्छ। यसअघि यो भाइरस सन् १९७६ मा देखिएको थियो। इबोला भाइरस संक्रमितमा फ्लुजस्तो लक्षण देखिन्छ। यसकारण आँखा र मांसपेसीबाट रगत आउँछ भने आन्तरिक रक्तस्राव हुन्छ। - एजेन्सी
संक्रमण भएको पछिल्लो चरणमा पनि जेडम्याप औषधि प्रभावकारी पाइयो। अनुसन्धानकर्ताहरूले भनेका छन्, 'यो इबोलाको उपचारमा अगाडि बढ्न महत्त्वपूर्ण पाइला हो। संक्रमित भएको तीनचार दिनपछि पनि औषधि प्रभावकारी पाइयो।'
तर सीमित मात्र उत्पादन भएको यो औषधि पश्चिम अफ्रिकामा संक्रमित भएका करिब २० हजार मानिसका लागि अपुग छ। औषधि खुवाइएका सातजनामध्ये दुईको इबोलाबाटै मृत्यु भएको छ।
यस रोगबाट लाइबेरियाका डाक्टर र स्पेनिस धर्मगुरुको मृत्यु भएको थियो, तर दुईजना अमेरिकी डाक्टरलाई त्यसैले निको बनायो र एकजना ब्रिटिस नागरिक विलियम पुलेलाई पनि जेडम्याप दिइएको छ।
प्राणघातक इबोला भाइरसको उपचारमा प्रयोग भइरहेको प्रायोगिक औषधि जेडम्यापको बाँदरमा गरिएको परीक्षण शतप्रतिशत सफल भएको छ। संक्रमण भएको पछिल्लो चरणमा पनि यो औषधि प्रभावकारी पाइयो।
जेडम्यापलाई 'सिक्रेट सेरम' पनि भनिन्छ किनभने यो औषधि अझै परीक्षणकै चरणमा छ। इबोला भाइरस गिनीबाट सुरु भएको थियो। यस भाइरसले १५ सयभन्दा बढीको ज्यान लिइसकेकाले चिकित्सकहरूले परीक्षण नभए पनि जेडम्यापको प्रयोग गरिरहेका हुन्।
अनुसन्धानकर्ताहरूले विभिन्न प्रकारका रोग प्रतिरोधात्मक तत्त्वहरू 'एन्टिबडिज' को मिश्रणबाट बनाइएको औषधि जेडम्याप हो। द पब्लिक हेल्थ एजेन्सी क्यानडाका डा. गेरी कोबिङगर भन्छन्, 'रेसस मकाकस भनिने बाँदरमा गरिएको परीक्षणमा शतप्रतिशत सञ्चो हुने पाइयो।'
यसपटक संक्रमण भएको पाँचौं दिनमा पनि ती जनावरलाई औषधि दिइएको थियो। बाँदरहरूका लागि पाँचौं दिन भनेको संक्रमणको पछिल्लो चरण हो। जनावरमा भन्दा मानिसमा इबोला संक्रमण विस्तारै हुने गर्छ। यसैबीच सेनेगलका अधिकारीहरूले पनि इबोला संक्रमण देखिएको पुष्टि गरेका छन्।
यससँगै पश्चिम अफ्रिकामा इबोला संक्रमणको पाँचौं देशका रूपमा सेनेगलको नाम आएको छ। न्यु इङल्यान्ड जर्नल अफ मेडिसिन नामको जर्नलअनुसार यो भाइरस संक्रमणको सुरुआत दक्षिणपूर्वी गिनीको सानो गाउँकी दुई वर्षीया बालिकाबाट सुरु भएको हो।त्यहाँबाट लाइबेरिया, सियरालियोन र नाइजेरियासम्म फैलियो। इबोला भाइरस बाँदर, चमेरा, जंगली मृगलगायत जनावरबाट सरेर मानिसमा पुगेको बताइन्छ। यसअघि यो भाइरस सन् १९७६ मा देखिएको थियो। इबोला भाइरस संक्रमितमा फ्लुजस्तो लक्षण देखिन्छ। यसकारण आँखा र मांसपेसीबाट रगत आउँछ भने आन्तरिक रक्तस्राव हुन्छ। - एजेन्सी
|
##
|

0 comments:
...