Headlines News :
Home » » गोलभेंडाले रोक्छ 'प्रोस्टेट क्यान्सर'

गोलभेंडाले रोक्छ 'प्रोस्टेट क्यान्सर'

###
नियमितरूपमा गोलभेंडा खाने पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा २० प्रतिशत कम हुने एक अध्ययनमा पाइएको छ। बेलायतको ब्रिस्टल विश्‍वविद्यालयका अध्ययनकर्ताले गरेको अध्ययनबाट यस्तो पाइएको हो। पुरुषमा हुने क्यान्सरमा प्रोस्टेट क्यान्सर दोस्रो नम्बरमा आउँछ।


बेलायतमा हरेक वर्ष यो क्यान्सरले करिब ३५ हजारलाई सताउँछ र करिब १० हजारको मृत्यु हुने गरेको छ। क्यान्सरविशेषज्ञले खानामा फलफूल र तरकारीको भरपूर मात्रामा सन्तुलित आहार लिन पनि सल्लाह दिएका छन्।

विशेषज्ञले रातो तथा प्रोसेस्ड मासु, चिलो र नुन भने कम मात्रामा सेवन गर्न सल्लाह दिएका छन्। ब्रिस्टल विश्वविद्यालयका अध्ययनकर्ताको टोलीले ५० देखि ६९ वर्षको उमेरका २० हजार बेलायती पुरुषमा केन्द्रित भई अध्ययन गरेको छ।

यो उमेर समूहमा नियमित रूपमा गोलभेंडा तथा गोलभेंडाको जुस खाँदा प्रोस्टेट क्यान्सर हुने जोखिम करिब२० प्रतिशतले कम हुने पाइयो।फलफूल तथा तरकारी धेरै मात्रामा खानेहरूलाई पनि क्यान्सरको जोखिम कम फलफूल खानेको तुलनामा २४ प्रतिशत कम पाइयो।

गोलभेंडा, आटाजन्य खाद्य र दुग्धपदार्थ सन्तुलितरूपमा सेवन गर्ने पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम निकै कम हुनेछ।
गोलभेंडाभित्र क्यान्सर प्रतिरोधी गुण भएको कारण फाइदाजनक मानिन्छ। गोलभेंडामा लाइकोपिन हुन्छ, जुन प्राकृतिक एन्टिअक्सिडेन्ट हो। यसले डीएनए र कोषलाई क्षति पुग्नबाट रोक्छ। लाइकोपिनको कारणले नै गोलभेंडा रातो रङको हुन्छ।

अध्ययनकर्ताले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने अन्य दुई तत्त्वको पनि खोजी गरेका छन्। यसमा एक सेलिनियम हो, जुन मैदा तथा आटाबाट बनेको खाद्य पदार्थमा पाइन्छ। त्यसैले दोस्रो हो, क्याल्सियम जुन दुग्ध पदार्थमा पाइन्छ।

अध्ययनकर्ताका अनुसार यी तीन खाद्यतत्त्वको राम्रो मात्रामा सेवन गर्ने पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम निकै कम हुन्छ। गोलभेंडामा हुने लाइकोपिनले मुटुसम्बन्धी रोग पनि निको बनाउँछ। बेलायतका वैज्ञानिकहरूले गरेको अर्को एक अध्ययनमा हरेक दिन गोलभेंडा खाएमा मुटुरोग नहुने पाइएको छ।

वैज्ञानिकले ७२ जना बयस्कलाई प्रायोगिक औषधि र गोलभेंडाको जुस दिँदा गोलभेंडा नै बढी फाइदाजनक हुने पाए। गोलभेंडाको जुसले रक्तनलीलाई राम्रो तरिकाले काम गर्न सघाउ गर्ने पाइयो। -एजेन्सी
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar