Headlines News :
Home » » इमान्दार ट्याक्सी ड्राइभरः जसले ग्राहकको ५ लाख पुलिसलाई बुझाए

इमान्दार ट्याक्सी ड्राइभरः जसले ग्राहकको ५ लाख पुलिसलाई बुझाए

###
 १४ असोज, काठमाडौं । शहरमा ट्याक्सी ड्राइभरको छवि त्यति राम्रो छैन् । मिटरमा ठगी गर्नु र भनेका ठाउँमा नजानु त उनीहरुको धर्म जस्तै भइसक्यो ।

तर, सवै ट्याक्सी ड्राइभर यस्ता छैनन् भन्ने प्रमाणित गरिदिएका छन चालक दिनेश केसीले ।
बा १ ज ११८५ नम्बरको ट्यासी चालक दिनेश केसीले आफ्नो ट्याक्सीमा यात्रा गरेेका यात्रुले छाडेको ५ लाख रुपैयाँ प्रहरीलाई बुझाएका छन् ।

सेन्चुरी बैंकबाट १९ लाख रुपैयाँ निकालेका अच्युत घर्ती पुतलीसडकबाट ट्याक्सी चढेका थिए । उनी बानेश्वरमा ओर्लिए ।

तर, उनको ब्यागको जिफर बिगि्रएका कारण ५ लाख रुपैयाँ ट्याक्सीमा नै झर्‍यो । ‘अली अगाडी जाँदा जाम थियो । झ्याल लगाउनु पर्‍यो भनेर पछाडी हेर्दा पैसा देखेँ । फेरि ओर्लिएको ठाउँमा आएर केहीबेर कुरेँ’ चालक केसीले भने-‘नआएपछि ट्राफिक प्रहरी कहाँ आएँ ।’

महानगरी ट्राफिक प्रहरी बग्गीखाना पुगेका उनले ट्राफिक प्रहरीले पैसा बुझाए ।
ट्राफिक प्रहरी महाशाखा प्रहरी केशव अधिकारीले इमान्दारिता देखाउने ट्याक्सी चालक केसीलाई प्रहरी दिवसको अबसरमा सम्मान गर्ने बताए ।

ट्याक्सीमा हराएको पैसा भेटेर दंग परेका अच्युत घर्तीले पनि चालक केसीलाई इनाम स्वरुप २० हजार रुपैयाँ दिने बताए ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar