Headlines News :
Home » , » ‘कोहिनुर’ हेर्दा दुई घण्टा रोएरै बिताइन श्वेताले (फोटो फिचर)

‘कोहिनुर’ हेर्दा दुई घण्टा रोएरै बिताइन श्वेताले (फोटो फिचर)

###
१६ भदौ, काठमाडौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको अन्तिम फिल्म कोहिनुर हेर्न पहिलोपटक हलमा पुगेकी पत्नी श्वेता खड्काले रोएरै दुई घण्टा बिताइन् ।



 सोमबार साँझ काठमाण्डौको कुमारी हलमा आयोजित बिशेष प्रर्दशन हेर्न पुगेकी श्वेताले अतिथिलाई नमस्ते गर्ने बाहेक एक शब्द पनि बोल्न सकिनन् । फिल्मका दृष्य हेर्दा उनी मिनेट मिनेटमा झक्कानिएको देखिन्थ्यो । केहीबेर घोप्टिएर आँसु पुछेपछि फेरि फिल्म हेर्न खोजेपनि उनले एकाध मिनेटभन्दा लामो समयसम्म हेर्न सक्दिनथिइन् ।

पतिबियोगको पीडामा डुबिरहेकी श्वेताको आलो घाउलाई फिल्मका दृष्यले उल्टै दुखाएझैं, पीडा दिएझैं देखिन्थ्यो ।  फिल्म हेर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, संचारमन्त्री मिनेन्द्र रिजाल, सभासद्हरु तथा कलाकारहरु हलमा पुगेका थिए ।

आकाश अधिकारीको निर्देशन तथा श्रीकृष्ण र श्वेताको निर्माणमा बनेको फिल्ममा श्वेता र श्रीकृष्णको अभिनय रहेको छ ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar