Headlines News :
Home » » आधा क्विन्टलको अण्डकोष फ्याँकेपछि……………

आधा क्विन्टलको अण्डकोष फ्याँकेपछि……………

###
 ५४ किलो तौलका अण्डकोष भएका एक पुरुषले अन्ततः नयाँ जिवन पाएका छन् । डाक्टरहरुले १४ घण्टाको अनवरत शल्यक्रिया पश्चात् ३९ वर्षका डन मउररको भिमकाय अण्डकोष फ्याँकिदिएका छन्

अमेरिकाको मिचिगनस्थित ब्याटल क्रिकका बासिन्दा मउरर स्कोरटल लिम्फेडेमा रोगबाट पीडित थिए जसमा उनको अण्डकोष अस्वभाविक रुपमा बढेको थियो ।

मउररको शल्यक्रिया सफल भएको उनकी आमा कोनीले न्युयोर्क डेलीलाई बताएकी छिन् ।

 अपरेसनपछि आमा र श्रीमतीका साथ अस्पतालमा

भिमकाय अण्डकोषका कारण मउररको श्रीमती मिण्डीसँगको वैवाहिक जिवनमा समेत खलल पुगेको थियो । जसका कारण २० वर्षदेखि यो दम्पती सम्भोगबाट बञ्चित थियो । ७ वर्षदेखि त यी दुइको सम्बन्ध झनै चिसिएको थियो । तर जिवन बदल्ने यो शल्यक्रियापछि मिण्डी र मउररले सहवास गर्न सक्ने भएका छन् ।

अगष्ट २८ मा युनिभर्सिटी अफ क्यालिफोर्नियामा मउररको शल्यक्रिया भएको थियो । श्रीमानको शल्यक्रिया भएसँगै मिण्डी साथमै बस्दै आएकी बताइएको छ । अण्डकोषको शल्यक्रियाकै बेला मउररको पेटमा रहेको बोसो समेत हटाइयो र अब उनको तौल पहिले भन्दा ६८किलो घटेको छ ।

शल्यक्रिया अघि श्रीमतीसँग तस्वीर खिचाउँदै

शल्यक्रिया सफल भएसँगै मउररले खुसी व्यक्त गर्दै डाक्टरहरुलाई धन्यवाद दिए । अहिले उनको अस्पतालमै फिजियो थेरापी चलिरहेको छ र अर्को महिना उनी घर फर्किन सक्नेछन् ।

आधा क्विन्टलको अण्डकोष भएका मउररको आर्थिक अभावमा उपचार हुन नसकेको समाचार सार्वजनिक भएपछि उनको उपचारका लागि सहयोग रकम जुटेको थियो ।


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar