Headlines News :
Home » , » नरेन्द्र मोदीको ‘कैलाश रुट’ले नेपाललाई घाटा

नरेन्द्र मोदीको ‘कैलाश रुट’ले नेपाललाई घाटा

###
भारतले नाथुला खोल्नुअगावै नेपालले कोरोला खोल्ने कि ?
हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणका क्रममा दुई देशबीच नेपाललाई समेत प्रभावित पार्ने सम्झौता भएको छ ।
विशेष गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानसरोवर कैलाश पर्वतलाई लक्षित गर्दै दुई देशबीचको नाथुला नाका खुला गर्ने प्रस्ताव राखेका छन्, जसमा चिनियाँ पक्ष सहमत भएको छ । यो निर्णयले नेपालको धार्मिक पर्यटनलाई असर गर्न सक्छ ।
नाथुला नाका खुला भयो भने नेपालको बाटो हुँदै कैलाश जाने करीव आधा भारतीय पर्यटकहरु घट्न सक्छन्
सिक्किमबाट तिब्बत जोड्ने नाथुला नाका खुला गर्नुको उद्देश्य भारतीय हिन्दू तीर्थयात्रीहरुको कैलाश मानसरोवर जाने नयाँ रुट खुलाउनु हो । अहिलेसम्म भारतीय हिन्दू तीर्थालुहरु कैलाश मानसरोवर जानका लागि नेपालको बाटो प्रयोग गरिरहेका छन् ।
नाथुला खुले के हुन्छ ?
वर्षमा कम्तिमा १० हजार भारतीय पर्यटक नेपाल हुँदै खासाको बाटो मानसरोवरतर्फ जान्छन् । हुन त भारतको उत्तराखण्डबाट पनि कैलाश जाने बाटो छ, तर त्यो निकै कठिन भएकाले कम प्रयोग हुन्छ ।
नेपालले बेलैमा मुस्ताङको कोरोला नाका खुलाउने हो भने सिक्किमको नाथुला नाका खुले पनि हामीलाई कुनै असर पर्दैन
नाथुला नाका खुला भयो भने नेपालको बाटो हुँदै कैलाश जाने करीव आधा भारतीय पर्यटकहरु घट्न सक्छन् ।
तर, नेपालले बेलैमा पहल गरेर मुस्ताङको कोरोला नाका खुलाउने हो भने सिक्किमको नाथुला नाका खुले पनि हामीलाई कुनै असर पर्दैन ।
किनकि कोरोला नाका भारतीय तीर्थयात्रीहरुका लागि सबैभन्दा छोटो, छिटो र धार्मिक दृष्टिले सर्वोत्तम विकल्प हुनसक्छ । यो रुटबाट कैलाश जाने बाटो खुल्यो भने एउटै ट्रिपबाट मुक्तिनाथको समेत दर्शन गर्न सकिन्छ ।
कैलाश मानसरोवर जाने रुट अहिले तातोपानी नाका नै चल्तीमा छ । पहिले-पहिले हिल्सा सिमीकोटबाट पैदल जाने गर्थे
कैलाश मानसरोवर जाने रुट अहिले तातोपानी नाका नै चल्तीमा छ । केही पैसावाल व्यक्तिहरु ताक्लाकोटदेखि हेलिकोप्टरबाट पनि जान्छन्, तर त्यो संख्या नगन्य छ ।
पहिले-पहिले हिल्सा सिमीकोटबाट पैदल जाने गर्थे । त्यो बाटोमा लेक लागेर मान्छेहरु बाटैमा मर्थे । पछिल्लो समयमा त्यो रुट पनि बन्द भएको छ ।
नाथुलाअघि नै कोरोला खोलौं
अब नरेन्द्र मोदीले नाथुला खोल्नुभन्दा अगाडि हामीले मुस्ताङबाट जाने कोरोला नाका खोल्न पहल गरेनौं भने ठूलो अवसर गुमाउनेछौं ।
विश्वका दुई आर्थिक महाशक्ति भारत र चीनबीच नाथुला नाका खुलाउने सहमतिलाई नेपालले अवसर र चुनौति दुबै मान्नुपर्छ ।
कोरोला नाका खोल्न कुनै समस्या पनि छैन । केही वर्षअघिसम्म यो नाकाबाट नेपालीहरु ओहोर-दोहोर गरिरहेकै थिए । सत्रौं कर्मापा यो बाटो भागेर धर्मशाला पुगेपछि चीनले कोरोला नाका बन्द गर्‍यो ।
कोरोला नाका हुँदै कैलाश जाने रुट खुलाउन सक्यौं भने भारतीय पर्यटकको संख्यामा दोब्बरसम्म वृद्धि हुनसक्छ
हाम्रा लागि र भारतीय तीर्थयात्रीहरुका लागि पनि खासा नाकाभन्दा कोरोला नाका खुल्दा धेरै फाइदा र धार्मिक अर्थ पनि छ ।
मुक्तिनाथ र पशुपतिनाथलाई फाइदा
भगवान शिवको बासस्थान मानिने कैलाश जान हिँडेका तीर्थयात्रीहरुको उद्देश्य दुई प्रमुख शिवधाम पशुपतिनाथ र मुक्तिनाथको समेत दर्शन गर्नु रहेको हुन्छ ।
खासाको नाका हुँदै मानसरोवर जाने यात्रुका लागि मुक्तिनाथ ठीक उल्टो दिशामा रहेकाले धेरैजसोले मुक्तिनाथ दर्शन गर्न नपाएको गुनासो पनि गर्ने गरेका छन् ।
यदि हामीले चीनसँग कुटनीतिक पहल गरेर कोरोला नाका हुँदै कैलाश जाने रुट खुलाउन सक्यौं भने भारतीय पर्यटकको संख्यामा दोब्बरसम्म वृद्धि हुनसक्छ ।
कोरोला नाकाबाट मानसरोवर पुग्न ६ घण्टा लाग्छ । यस हिसाबले काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाने हाम्रो पर्यटकीय रुप थप सम्बृद्ध हुन्छ
हामीले कोरोला खुलायौं भने मोदीले नाथुला खुलाए पनि त्यसले हामीलाई केही असर गर्दैन । किनकि दक्षिण तथा उत्तर भारतीयहरु पशुपतिनाथ, मुक्तिनाथ र दामोदर कुण्डको दर्शन गर्दै कैलाश जान सधैं आतूर हुन्छन् ।
६ घण्टामै कैलाश पर्वत
कोरोला नाकाबाट कैलाश मानसरोवर पुग्न जम्मा ६ घण्टा लाग्छ । यस हिसाबले काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाने हाम्रो पर्यटकीय रुप थप सम्बृद्ध हुन्छ ।
जोमसोमबाट एक दिनमा कोरोला नाका पुगिन्छ । छोटो रुट भएपछि भारतीयहरुको संख्या अहिलेको भन्दा दोब्बर थपिन्छ ।
एकजना भारतीय पर्यटकले औसतमा ५ हजार डलर खर्च गर्छ कैलाश यात्रामा । अहिले त्यसको २० प्रतिशत पनि नेपालमा खर्च हुँदैन
अहिले कैलाश जाने भारतीय पर्यटकहरु एक दिनमात्र नेपाली भूमिमा बस्छन् । यदि कोरोला नाका खुलायौं भने कम्तिमा चार पाँच दिन उनीहरु नेपाली भूमिमा रहन्छन् ।
भारतीयको पैसा नेपालमै खर्च
एकजना भारतीय पर्यटकले औसतमा ५ हजार डलर खर्च गर्छ कैलाश यात्रामा । अहिले त्यसको २० प्रतिशत पनि नेपालमा खर्च हुँदैन ।
तर, कोरोला नाका खुलाउँदा भारतीय पर्यटकको ५ हजार डलरमा कम्तिमा ५० प्रतिशत त काठमाडौंदेखि लोमन्थाङसम्म खर्च हुन्छ । यसरी मुलकको आय बढाउन यो रुट उपयुक्त हुनेछ ।
कोरोला नाका खुलेपछि पोखरादेखि म्याग्दी मुस्ताङसम्मको पर्यटकीय रुटमा चहल-पहल थपिन्छ । भरियाहरुले रोजगारी पाउँछन् । यातायातका साधनले काम पाउँछन् ।
कोरोला नाका खुलाउँदा भारतीय पर्यटकको ५ हजार डलरमा कम्तिमा ५० प्रतिशत त काठमाडौंदेखि लोमन्थाङसम्म खर्च हुन्छ
ट्राभल एजेन्सीहरुले व्यापार पाउँछन् । हाम्रो होटल पर्यटन सबैलाई फाइदा हुन्छ । पर्यटकहरुका लागि यो सस्तो प्याकेज पनि हुन्छ । किनकि समय कम भएपछि खर्च बचन हुनेनै भयो ।
पवित्र धार्मिक रुट
यो रुटको महत्व पर्यटन उद्योगसँग मात्र सीमित छैन । यसको महत्व विशेष गरी धार्मिक आस्थासँग गाँसिएको छ ।
हिन्दूहरुका प्रख्यात चारधाममध्ये दुई धाम नेपालमा छन् । पशुपतिनाथ र मुक्तिनाथ दुई धामको यात्रा गर्न भारतीय हिन्दूहरु लालायित हुन्छन् ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसदमै उभिएर पशुपतिनाथ र मुक्तिनाथको महत्व दर्शाउनुले पनि भारतीयहरुमा यी दुई धामप्रतिको क्रेज बुझ्न सकिन्छ ।
पशुपतिनाथको दर्शनपछि उनीहरु मुक्तिनाथ जान चाहान्छन् । मुक्तिनाथपछि दामोदर कुण्डको महत्व पनि उत्तिकै भारतीय हिन्दूहरुमा ।
संयोग नै मान्नुपर्छ मुक्तिनाथ र दामोदर कुण्ड एउटै रुटमा पर्छन् । यसरी हामीले धार्मिक रुटका रुपमा समेत कोरोला नाकालाई प्रयोग गर्न सक्छौं ।
पशुपति दर्शन गरेको यात्री पोखराबाट कागबेनीमा पुगेर आफ्ना पूर्खालाई पिण्ड चढाउँछ । अनि मुक्तिनाथ दर्शन गरेर दामोदर कुण्डमा स्नान वा पानी अचाउँदै ऊ शिवको वासस्थान कैलाशतर्फ लाग्छ । योभन्दा पवित्र धार्मिक यात्रा कुन हुन सक्छ ?
काेराेला नाका खुलाउन नेपाल सरकारले तत्कालै चीनसँग कुटनीतिक पहल थाल्नुपर्छ
नेपाल सरकारले ढिला नगरोस्
काेराेला नाका खुलाउनका लागि नेपाल सरकारले तत्कालै आफ्नो तर्फबाट कुटनीतिक पहल थाल्नुपर्छ । पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कुरा अघि बढाउन सक्छ ।
सम्भवतः चिनियाँ राष्ट्रपतिले अर्को वर्ष नेपालको भ्रमण गर्नेछन् । त्यसबेलासम्म यो नाका खुलाएर दुबै देशको धार्मिक पर्यटन विकासमा पाइला अघि बढाउन सकियो भने नाथुला नाका खुलेर नेपाललाई घाटा हुँदैन । भारत र चीनलाई पनि घाटा हुँदैन ।
चीनको चासो
चिनियाँ पक्षले कोरोला नाका खुलाउन सुरक्षाको कुरा उठाउन सक्छ । चीनको सुरक्षा चासोलाई नेपालले ध्यान दिनैपर्छ ।
तर, अहिले पनि कोरोला नाकाबाट मुस्ताङबासीहरु सीमा पारि गएर बिभिन्न कार्यक्रममा सहभागी हुन्छन् । उताका नागरिक पनि हाम्रा कार्यक्रमहरुमा आउँछन् ।
चीनको सुरक्षा चासोलाई सम्बोधन गर्न यो नाका कैलाश यात्राका लागिमात्र खुलाउन र त्यता जाने पर्यटकलाई प्याकेजमा खुलाउन सकिन्छ ।
ट्राभल अपरेटरको प्याकेजमा स्थानीय प्रशासनको रोहवरमा पर्यटकको समूहलाई कैलाश यात्राको अनुमति दिए सुरक्षा चासो पनि सम्बोधन हुन्छ । दुबै देशको आर्थिक र धार्मिक पर्यटनको विकास पनि हुन्छ ।
(हृवाइट हर्स टुरका अपरेटर गुरुङ मुस्ताङका पर्यटन व्यवसायी हुन्)
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar