Headlines News :
Home » » सवा लाख पासपोर्टमाथि इन्टरपोलको निगरानी

सवा लाख पासपोर्टमाथि इन्टरपोलको निगरानी

###
१० असोज, काठमाडौ । नेपालले करिव सवा लाख पासपार्ट (राहदानी)को विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई बुझाएको छ । हराएका वा चोरी भएका यस्ता पासपोर्ट आतंकवादीलगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा उक्त विवरण पठाइएको हो ।
उक्त सूचीमा रहेका कुनै पनि राहदानीमा कसैले यात्रा गरे १ सय ९० इन्टरपोल सदस्य राष्ट्रका जुनसुकै विमानस्थलमा अध्यागमन कर्मचारीले पक्राउ गरी कारबाही अघि बढाउनेछन्, नागरिक दैनिकमा खबर छ ।
पछिल्लो साढे तीन वर्षर् अवधिमा हराएका तथा चोरी भएका करिब एक लाख १७ हजार नेपाली राहदानीको विवरण विश्व प्रहरी सञ्जाल इन्टरपोललाई उपलव्ध गराइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । ‘हामीले हराएका र चोरी भएका लाखभन्दा बढी नेपाली राहदानीको विवरण इन्टरपोललाई उपलब्ध गराएका छौं,’ परराष्ट्र मन्त्रालय राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने, ‘यी राहदानी कसैले प्रयोग गरेको अबस्थामा भेटे इन्टरपोल सदस्य राष्ट्रका अध्यागमनले तुरुन्तै पक्राउ गरेर अनुसन्धान र कारबाही गर्नेछन् ।’
परराष्ट्रमन्त्री स्तरीय निर्णयपछि विभागले चोरी तथा हराएका राहदानीको विवरण नेपालस्थित इन्टरपोल शाखा -नेपाल प्रहरी)लार्य बुझाएको हो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar