Headlines News :
Home » » गोरखपुरमा दुई रेल ठोक्किँदा १२ जनाको मृत्यु

गोरखपुरमा दुई रेल ठोक्किँदा १२ जनाको मृत्यु

###
काठमाडौं, आश्विन १५ । भारतको उत्तरप्रदेशस्थित गोरखपुरमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुई रेल एकापसमा ठोक्किँदा ४५ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।

लखनउ–बरौनी र कृषक एक्सप्रेस एकापसमा ठोक्किएका हुन् । घाइतेमध्ये १२ को अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

मृत्यु भएकाको परिवारलाई दुई लाख तथा घाइतेलाई जनही ५० हजार भारुका दरले सहायता दिने घोषणा स्थानीय प्रशासनले गरेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar