###
![]() |
काठमाडौं, असोज १५ - विदेश जाने योजनामा दुई महिनाअघि म्यानपावरलाई पासपोर्ट बुझाएका पाल्पाका सन्तोष दर्लामी मगर यो बर्षको दसैं हर्षोल्लासले मनाउने योजनामा हुनुहुन्थ्यो ।
एउटा अनिश्चित यात्रामा निस्किन लागेका मगरका लागि यसवर्षको दसैंपछि परिवारसँग बसेर फेरि कहिले मनाउन पाइने हो त्यो टुङ्गो थिएन । त्यसैले पनि उहाँलाई यो दसैं परिवारसँग हाँसीखुसी मनाउनु थियो ।
मान्यजनको हातबाट टीका र आशीर्वाद लिएर मात्र विदेश जाने योजनामा रहेका मगरलाई एक्कासी म्यानपावरबाट फोन आयो । ‘तपाईंको टिकट भईसकेको छ, तत्काल काठमाण्डु आईपुग्नु पर्यो’ टिकट बुकिङ भईसकेको खबर अपर्झट आएपछि उहाँले परिवारलाई राम्ररी सम्झाईबुझाई समेत गर्न पाउनुभएन ।
‘म्यानपावरले टिकट कन्फर्म भएको खबर एक दिन अगाडि मात्र फोन गरेर बतायो, आवश्यक केही तयारी पनि गर्न पाइएन, घरमा बुबा आमासँग त बिदा मागेर आएँ ससुरा बा आमालाई केही नभनी आएँ’ यत्ति भनिसक्दा उहाँको गला अवरुद्ध भईसकेको थियो । सम्हाल्न कोशिस गर्दै थप्नुभयो ‘बुबा आमाले त चाडबाडको बेला नजाऊ भन्दै हुनुहुन्थ्यो, श्रीमती र नानी रुँदै थिई ........।’
केहीबेर केही बोल्न सक्नुभएन उहाँले । ‘नजाउ भने पनि धेरै लगानी भईसकेको छ, दसैंको बेला घर छोड्ने मन कसलाई हुन्छ र ? यो बाध्यता हो’ कतार उड्नु अघि उहाँले भन्नुभयो ।
दसैंकै बेला परिवार छाडेर विदेशिन बाध्य मगरजस्ता धेरैजना अन्तरराष्ट्रिय विमानस्थलमा निराश मुद्रामा देखिन्थे । घरबाट हिँड्ने बेला अमिलो मन लिएर निस्किएका उहाँलाई लागेको थियो रे ! दसैंको बेला घर छोड्ने अभागी आफू मात्र होला ? तर विमानस्थलमा विदेशिन लागेको नेपाली युवाहरुको लस्कर देखेर चित्त बुझाउन सजिलो भएको उहाँले सुनाउनुभयो । ‘मैले घरमा पनि फोन गरें म एक्लै होइन, धेरै साथीहरु छन् पीर नमान भनेको छु ।’
‘देशविदेशमा छरिएर रहेकाहरु समेत दशैंमा धमाधम घर फर्किरहेका बेला घरपरिवार छोड्ने मन कसलाई पो हुन्छ र ? झनै दुई चार बर्ष नफर्कने गरी’ निधारमा साइतको टीका लगाएर निन्याउरो मुद्रामा लाइनमा उभिइरहेका अछामका गोपी अछामी बीचैमा बोल्नुभयो । पाल्पाका सन्तोष दर्लामीको भन्दा कम मार्मिक छैन अछामीको जिन्दगीको पीडादायक कथा । गोपीको यो दोस्रो वैदेशिक यात्रा हो । यसअघि मलेसियाको एक चक्कर लाएर फर्किएका अछामीले त्यहाँ भनेजस्तो कमाई नभएपछि लागेको ऋण पनि तिर्नसक्नुभएन । पुरानो ऋण चुक्ता गर्ने, बुढी आमाको मुहारमा खुसी भरिदिने, चुहेको छानो टाल्ने, श्रीमतीको गुन्यू चोली फेरिदिने र छोरीको भविश्य राम्रो बनाउने अभिभारा पूरा गर्न थप ऋणको भारी बोकेर कतार हान्निन लाग्नुभएको रहेछ अछामी ।
‘हाम्रो त कर्मै खोटो, पाँच बर्ष पछि यसपाली परिवारसँग दसैं मनाउने ठूलो अभिलाषा थियो त्यो पनि पूरा भएन’ अछामीले दुःखेसो गर्नुभयो । ‘दशैतिहार जस्ता ठूला चाडपर्वमा छोराछोरी, नातीनातिनाले घर भरिन्छन् हामी अभागीको त सधैं रित्तै, बुबाआमाले त घरमै बस, दुःखजिलो गर्नुपरे पनि आफ्नै देशमा गर्ने भन्नुहुन्छ गाउँका सबै युवाले गाउँ छाडेर गएपछि आफूलाई पनि त्यसै बस्न मन लाग्दो रहेनछ, घरको बाध्यताले यसरी दसैको बेला घर छोड्नुपर्छ’ अछामीले बाध्यता सुनाउनुभयो ।
चाडबाडको बेला घर छोड्नु नपरे हुन्थ्यो भन्ने सबैलाई लाग्छ । चाडपर्वमा परिवारका सबै सदस्यहरु भेला भएर मनाउनुको खुसी बेग्लै हुन्छ तर यो खुसी सबैलाई मिल्दैन । पैसा कमाउन गएका परदेशीको भनेजस्तो कमाइ नहुँदा कोही रित्तै घर फर्किन्छन् अनि दसैं खल्लो हुन्छ । कोही दसैंकै बेला घर छाडेर परदेशिन्छन् अनि जमरा ओईलिन्छ र चामलले अबीर र दहीसँग मिसिनुपर्दैन ।
यस्तै बाध्यतामा होमिएका नवलपरासी पिठौलीका देवनारायण महतो भन्दै हुनुहुन्थ्यो ‘स्वदेशमै केही आम्दानीको स्रोत भए किन जान्थें अरुको देशमा गुलामी गर्न, घरभरि छोरा बुहारी, छोरी ज्वाईं र नातीनातिनाले घर भरिंदा अरुका बुबाआमा खुसीले गदगद हुँदो हो, हाम्रो घरमा बृद्धबृद्धा भईसकेका आमा बुबा कति रोए होलान् ?’ गहभरी आँशु पार्दै महतोले एक पटक घरको याद गर्नुभयो । वैदेशिक रोजगार विभागका अनुसार अन्य दिन प्रतिदिन सरदर १५ सय जना श्रमका लागि विदेशिने गरेकोमा अहिले त्यो संख्या झण्डै आधा घटेको छ ।
एउटा अनिश्चित यात्रामा निस्किन लागेका मगरका लागि यसवर्षको दसैंपछि परिवारसँग बसेर फेरि कहिले मनाउन पाइने हो त्यो टुङ्गो थिएन । त्यसैले पनि उहाँलाई यो दसैं परिवारसँग हाँसीखुसी मनाउनु थियो ।

‘म्यानपावरले टिकट कन्फर्म भएको खबर एक दिन अगाडि मात्र फोन गरेर बतायो, आवश्यक केही तयारी पनि गर्न पाइएन, घरमा बुबा आमासँग त बिदा मागेर आएँ ससुरा बा आमालाई केही नभनी आएँ’ यत्ति भनिसक्दा उहाँको गला अवरुद्ध भईसकेको थियो । सम्हाल्न कोशिस गर्दै थप्नुभयो ‘बुबा आमाले त चाडबाडको बेला नजाऊ भन्दै हुनुहुन्थ्यो, श्रीमती र नानी रुँदै थिई ........।’
केहीबेर केही बोल्न सक्नुभएन उहाँले । ‘नजाउ भने पनि धेरै लगानी भईसकेको छ, दसैंको बेला घर छोड्ने मन कसलाई हुन्छ र ? यो बाध्यता हो’ कतार उड्नु अघि उहाँले भन्नुभयो ।
दसैंकै बेला परिवार छाडेर विदेशिन बाध्य मगरजस्ता धेरैजना अन्तरराष्ट्रिय विमानस्थलमा निराश मुद्रामा देखिन्थे । घरबाट हिँड्ने बेला अमिलो मन लिएर निस्किएका उहाँलाई लागेको थियो रे ! दसैंको बेला घर छोड्ने अभागी आफू मात्र होला ? तर विमानस्थलमा विदेशिन लागेको नेपाली युवाहरुको लस्कर देखेर चित्त बुझाउन सजिलो भएको उहाँले सुनाउनुभयो । ‘मैले घरमा पनि फोन गरें म एक्लै होइन, धेरै साथीहरु छन् पीर नमान भनेको छु ।’

‘हाम्रो त कर्मै खोटो, पाँच बर्ष पछि यसपाली परिवारसँग दसैं मनाउने ठूलो अभिलाषा थियो त्यो पनि पूरा भएन’ अछामीले दुःखेसो गर्नुभयो । ‘दशैतिहार जस्ता ठूला चाडपर्वमा छोराछोरी, नातीनातिनाले घर भरिन्छन् हामी अभागीको त सधैं रित्तै, बुबाआमाले त घरमै बस, दुःखजिलो गर्नुपरे पनि आफ्नै देशमा गर्ने भन्नुहुन्छ गाउँका सबै युवाले गाउँ छाडेर गएपछि आफूलाई पनि त्यसै बस्न मन लाग्दो रहेनछ, घरको बाध्यताले यसरी दसैको बेला घर छोड्नुपर्छ’ अछामीले बाध्यता सुनाउनुभयो ।
चाडबाडको बेला घर छोड्नु नपरे हुन्थ्यो भन्ने सबैलाई लाग्छ । चाडपर्वमा परिवारका सबै सदस्यहरु भेला भएर मनाउनुको खुसी बेग्लै हुन्छ तर यो खुसी सबैलाई मिल्दैन । पैसा कमाउन गएका परदेशीको भनेजस्तो कमाइ नहुँदा कोही रित्तै घर फर्किन्छन् अनि दसैं खल्लो हुन्छ । कोही दसैंकै बेला घर छाडेर परदेशिन्छन् अनि जमरा ओईलिन्छ र चामलले अबीर र दहीसँग मिसिनुपर्दैन ।
यस्तै बाध्यतामा होमिएका नवलपरासी पिठौलीका देवनारायण महतो भन्दै हुनुहुन्थ्यो ‘स्वदेशमै केही आम्दानीको स्रोत भए किन जान्थें अरुको देशमा गुलामी गर्न, घरभरि छोरा बुहारी, छोरी ज्वाईं र नातीनातिनाले घर भरिंदा अरुका बुबाआमा खुसीले गदगद हुँदो हो, हाम्रो घरमा बृद्धबृद्धा भईसकेका आमा बुबा कति रोए होलान् ?’ गहभरी आँशु पार्दै महतोले एक पटक घरको याद गर्नुभयो । वैदेशिक रोजगार विभागका अनुसार अन्य दिन प्रतिदिन सरदर १५ सय जना श्रमका लागि विदेशिने गरेकोमा अहिले त्यो संख्या झण्डै आधा घटेको छ ।
##
![]() |
0 comments:
...