Headlines News :
Home » » विदेश जानेको श्रीमती भगाए ५ लाख जरिवाना

विदेश जानेको श्रीमती भगाए ५ लाख जरिवाना

###
पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।
अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् ।
सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।
##
Share this article :

1 comment:

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar