|
###
|
काठमाडौं,भदौ १७– श्रम तथा रोजगार मन्त्रालयले सबै उमेरका महिलालाई रोजगारीका लागि खाडि मुलुक पठाउन प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध असोज १ देखि लागु हुनेछ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले महिला कामदारमाथिको प्रतिबन्ध अस्थायी भएको बताए । ‘अस्थायी रुपमा खाडि मुलुकमा सबै उमेरका महिला कामदार पठाउन रोकेका हौं,’ उनले भने, ‘यस सम्बन्धमा नीति बनाइरहेका छौं ।
उक्त नीति बनिसकेपछि महिला कामदार कसरि पठाउने भन्ने नीतिगत ब्यबस्था हुन्छ । त्यसपछि महिला कामदार खुला गर्छौं ।’ श्रमले साउदी अरब, कुवेत, कतार र दुवइलाई नीति नबनेसम्म महिला कामदारलाई भीसा जारी नगर्न पत्राचार पनि गरेको छ । श्रमले परराष्ट्र बिहिबार मन्त्रालयलाई पत्र पठाइ विदेशस्थित आफ्ना नियोग मार्फत मुलुकलाई भिसा जारी नगर्न आग्रह गरेको हो ।
यसअघि घरेलु कामदार खुलाउन कुवेतमा एजेन्टसँग रकम असुली गरेको र राज्यमन्त्री गुरुङले ‘मानव तस्करलाई फाइदा पुग्ने गरि घरेलु कामदारलाई अनुमति दिन कुवेतस्थित नेपाली दुतावासलाई मन्त्रालयको निर्णय पठाएको’ समाचार प्रकाशित भएको थियो । त्यसलगत्तै श्रमले महिला कामदारलाई भीसा जारी नगर्न पत्राचार गरेको हो । खाडि मुलुकमा महिला घरेलु कामदारको ठूलो माग छ । त्यहाँका म्यानपावर ब्यबसायीले नेपालका म्यानपावर ब्यबसायीलाई घरेलु कामदार पठाए ‘आर्थिक सहयोग’ गर्नेसम्मको प्रस्ताव गरेका छन् । कुवेतस्थित नेपाली दुतावासमा घरेलु महिला कामदार खोल्न ब्यबसायीबाट जबजस्ती २ लाख रुपैयाँसम्म उठाएको उजुरी परेको छ ।
यसअघि श्रमले गत बैशाख ५ मा घरेलु महिला कामदार नपठाउने निर्णय गरेको थियो । त्यसलगत्तै दुतावासले घरेलु महिला कामदारको करारनामा र भिसा प्रमाणिकरण रोकेको थियो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

##
|

0 comments:
...