Headlines News :
Home » » कक्षा १२ को नतिजा आज

कक्षा १२ को नतिजा आज

###
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल आज प्रकाशन गर्ने भएको छ ।
गत वैशाख १७ देखि ३० गतेसम्म लिएको कक्षा १२ को परीक्षाफल परिषद्ले आज साझ प्रकाशन गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनका लागि परिषद्ले परीक्षा बोर्डको वैठक आज अपरान्ह ४ बजे बोलाएको छ । सामान्यतया परीक्षा लिएको ९० दिनमा परीक्षाफल प्रकाशन गर्नुपर्ने भएपनि बोर्डले करिब ५ महिना हुदासम्म परीक्षाफल प्रकाशित गरेको छैन । ३ लाख ८१ हजार कुल विद्यार्थी परीक्षामा सहभागी रहेकामा करिब ४२ हजार विद्यार्थी रहेको विज्ञान संकायको भने यसअघिनै परीक्षाफल प्रकाशित भइसकेको छ । आज व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायका करिब ३ लाख ३९ हजार विद्यार्थीको परीक्षाफल प्रकाशन हुन लागेको हो । समयमै परीक्षाफल प्रकाशन नहुदा विदेशका विश्वविद्यालयमा प्रवेश परीक्षा दिएर बसेका प्रि एडमिसन गरेका बसेका विदार्थीहरु मर्कामा परेका थिए । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar