Headlines News :
Home » , » प्रधानमन्त्रीको अशोभनीय तस्बिर सामाजिक सञ्जालमा

प्रधानमन्त्रीको अशोभनीय तस्बिर सामाजिक सञ्जालमा

###
स्वास्थ्योपचार र संयुक्त राष्ट्र संघको महासभामा सामेल हुन न्युयोर्क गएका प्रधानमन्त्री सुशील कोइरालाको अशोभनीय तस्बिर सामाजिक सञ्जालमा देखिएपछि यसको तीव्र आलोचना भएको छ।

अमेरिकामै रहेका पत्रकार पुरु घिमिरेले राजनेतालाई कस्तो पहिरनमा प्रस्तुत गर्ने हो भन्ने जिम्मेवारी जनसम्पर्क सल्लाहकारहरुको हो भन्दै लेखेका छन्, 'हाम्रो देश नेपाल र हाम्रो प्रधानमन्त्रीको मानमर्दन गर्ने कार्य भएको छ।'

सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा कोइरालाले कलर नभएको गञ्जी र पाइजामा लगाएका छन्। उनलाई अँगालो हालेर तस्बिर खिचाउने गैरआसावीय नेपाली संघ अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी र नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक विष्णु सुवेदी भने सुटमा देखिन्छन्।

अमेरिकी राष्ट्रपति बाराम ओबामाले हालै एक पत्रकार सम्मेलनमा सहभागी हुने क्रममा लगाएको कोटको स्तरबारे सामाजिक सञ्जालमा खिल्ली उडाइएको थियो। राष्ट्रप्रमुख र सरकारप्रमुखले लगाएको, खाएको सबैको चासोको विषय हुने भएकाले यसबारे प्रधानमन्त्री कोइरालाका सल्लाहकारहरुले विशेष ध्यान दिनुपर्ने शुभचिन्तकहरु बताउँछन्।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar