Headlines News :
Home » , » नेतृ सहानालाई श्रद्धाञ्जली दिन शिर्ष नेता बल्खुमा, केही बेरमै आर्यघाट लगिने(भिडियोसहित)

नेतृ सहानालाई श्रद्धाञ्जली दिन शिर्ष नेता बल्खुमा, केही बेरमै आर्यघाट लगिने(भिडियोसहित)

###
काठमाडौं, आश्विन ७ । नेपाली महिला आन्दोलनकी धरोहर तथा एमाले नेतृ सहाना प्रधानको निधन भएको छ । ८७ वर्षिय सहानाको सोमबार राति ११ बजे उपचारकै क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
श्रद्धाञ्जली दिन उनको पार्थिव शरीर बिहान ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखियो । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा ओढाएर प्रधानलाई श्रद्धाञ्जली दिए भने वरिष्ठ नेता माधव नेपाल र उपप्रधानमन्त्री बामदेव गौतमले पार्टीको झण्डा ओढाएका थिए ।
यस्तै नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एकीकृत माओवादीका नेता बाबुराम भट्टराई, गिरीराजमणि पोखरेल, नेकपा– मालेका महासचिव सीपी मैनालीलगायत बल्खु पुगेर प्रधानलाई श्रद्धाञ्जली अर्पण गरे ।
उनको शव शवयात्रासहित पशुपति आर्यघाट लगिदैछ, केही बेरमै सरकारी सम्मानका साथ उनको दाहसंस्कार गरिने एमालेले जनाएको छ ।
प्रधान तीन वर्षदेखि नसाको समस्याबाट पीडित थिइन् । सहाना लामो समयदेखि बोल्न समेत सकेकी थिइनन् । केही समय तत्कालीन बर्मामा बितेको थियो । उनले २००३ सालतिर दशमै पहिलो पल्ट महिला शिक्षा र मतदान अधिकारका लागि आवाज उठाएकी थिइन् ।
२००४ सालमा दिदी साधना र महिला नेतृ मंगलादेवी सिंहसँग मिलेर नेपाल महिला संघ स्थापना गरी उनी राजनीतिमा होमीएकी थिइन् । भारतमा उच्च शिक्षा हासिल गरेकी नेतृ प्रधानको विवाह २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग भएको थियो ।
२०१५ सालमा पुष्पलालको पक्षमा प्रचार गर्दै हिडेकी प्रधान २०१७ सालको राजनीतिक काण्डपछि पढाइतिरै फर्केकी थिइन् । २०१८ सालमा पुष्पलाल निर्वासनमा गएपछि उनी अध्यापनमा लागेकी थिइन ।
२०३७ सालमा पुष्पलालको निधन भएपछि साहनाको राजनीतिक सक्रियता पुनः बढेको थियो । २०४६ सालमा संयुक्त वाममोर्चाको अध्यक्षको हैसियतमा जनआन्दोलनमा लागकी साहना तत्कालिन अन्तरिम मन्त्रिपरिषद्मा दोस्रो मर्यादाक्रममा मन्त्री बनेकी थिइन् ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar