Headlines News :
Home » » धान खेतमा भेटिएका बेवारिसे शिशुलाई शोभाले छोरा बनाइन्

धान खेतमा भेटिएका बेवारिसे शिशुलाई शोभाले छोरा बनाइन्

###
लहान : सिरहाको चन्द्रोदयपुर गाविस–५ स्थित धानखेतमा बेवारिसे अवस्थामा भेटिएका नवजात शिशुले आमाको काख पाएका छन् ।

गाउँ नजिकैको धानखेतमा असोज ८ गते बिहान भेटिएका ती शिशुलाई लहान–५ की २९ वर्षीया शोभाकुमारी साहले छोराका रुपमा अपनाएकी हुन्। धानखेतबाट प्रहरीले उद्धार गरिएका ती शिशुको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार भइरहेको थियो ।

शिशुलाई प्रहरीले उपचारका लागि भर्ना गरेलगत्तै अहेब यादवमार्फत खबर पाएपछि अस्पतालमा आएर आफ्नै छोरासरह स्याहारसुसार गरिरहेकी साहले शिशु पाएकामा आफ्नो सन्तानको रहर पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

“विवाह भएको १० वर्ष भइसक्यो, सन्तानका लागि धेरै ठाउँ धायौँ” उनले भने, “अहिले भगवान्ले हाम्रै लागि यस बालकलाई पठाइदिएका रहेछन् जस्तो लागेको छ।”

श्रीमान् बद्रीनारायण साहसँग लहान बजारमै सामान्य किराना पसल गरी जीविका चलाइरहेकी साहले शिशुलाई हुर्काएर उसकै इच्छाअनुसार लेखपढ गराएर असल मानिस बनाउने सुनाइन् । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले संरक्षणका लागि तत्काल शिशुलाई शोभाको जिम्मा लगाइएको जानकारी दिए ।

“जिल्ला प्रशासन कार्यालयमा समेत धर्मपुत्रका रुपमा पालन पोषणका लागि निवेदन परिसकेकाले उपचारबाट फर्किएपछि आवश्यक प्रक्रिया पूरा गरेर शिशुलाई सधैँका लागि उहाँलाई दिन्छौँ”, प्रहरी नायब उपरीक्षक फुयाँलले भने। रासस
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar