|
###
|
कोहिनुरले मनायो ५१ औं दिन,व्यापार १२ करोड
काठमाडौं,असोज १२ –नायिका स्वेता खडेका तथा कोहिनुरकी निर्मात्रीसमेत रहेकी श्वेता खड्का विरामी भएकीले ५१ औं दिने कार्यक्रममा उपस्थित हुन सकिनन् । पतिको निधनपछि असैह्य पीडामा रहेकी श्वेता केही दिनअघि कोहिनुरको विशेष शोमा कुमारी हलमा भने उपस्थित भएकी थिइन् ।कोहिनुरका सञ्चार सल्लाहकार प्रकाश सुवेदीले श्वेतालाई निमोनिया भएकाले जँचाउनका लागि नर्भिक अस्पताल लगिएको जानकारी दिए । उनले निमोनिया भएपछि स्वेता कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिए । यसैबीच,कोहिनुरले धेरै वर्षको अन्तरालपछि ५१ औं दिन मनाउने फिल्मको रुपमा नाम दर्ता गराउन सफल भएको छ ।
त्यो पनि एक होइन,दुई होइन,१२ हलमा । २३ साउनमा राजधानी र मोफसलका करिव पाँच दर्जन हलमा प्रदर्शन भएको कोहिनुरले नेपाली चलचित्र इतिहासमै अहिलेसम्मको व्यावसायिक रेकर्ड तोडेको छ । अहिलेसम्म करिब १२ करोडको व्यापार गरिसकेको फिल्मले राजधानीका ४ र मोफसलका ८ हलमा ५१ औं दिन मनाएको हो । ती हलमा अहिले पनि फिल्म भिडघाडका साथ प्रदर्शन भइरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
##
|

0 comments:
...