|
###
|
काठमाडौं : नेपाली भिसा स्टिकर उप्काएको आरोपमा पक्राउ परेका एक इजरायली धर्मगुरुलाई अध्यागमन विभागले कानुनी प्रक्रिया पूरा नगरी नेपालस्थित इजरायली दूतावासमा बुझाएको छ। अदालतबाट म्याद थप गरी विभागको हिरासतमा रहेका इजरायली धर्मगुरु छेजाई लिस्तिजलाई परराष्ट्र मन्त्रालयको दबाबमा शुक्रबार दूतावासलाई बुझाइएको हो। विभागले विगत पाँच दिनदेखि उनलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो।

पत्नी र छोराछोरीसहित गत बिहीबार नेपाल आएका लिस्तिजलाई चाहिएका बेला उपस्थित गराउने सर्तमा दूतावासको जिम्मा लगाइएको हो। इजरायली दूतावासको पटकपटक ताकेतापछि परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयको लिखित निर्देशनमा उनलाई दूतावासमा बुझाइएको स्रोतले बतायो।
अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले लिस्तिजलाई फेरि ल्याइदिने सर्तमा इजरायली दूतावासको जिम्मा लगाइएको जानकारी दिए। उनले उप्काएको नेपाली भिसाको म्यादसमेत सकिसकेको छ। लिस्तिजले भने भिसा स्टिकर उप्किएका बारेमा आफूलाई थाहा नभएको बताएका छन्। उनको भनाइ उद्धïृत गर्दै स्रोतले भन्यो, 'गलत नियतले मैले भिसा उप्काएको हैन, नेपालको स्टिकर नै कमजोर रहेछ, आफैं खस्यो होला।'
उनी मुटुका बिरामी भएकाले हिरासतमा रहँदासमेत उपचारका लागि अस्पताल लगिएको थियो। काठमाडौं जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ। उनीमाथि जाली राहदानी प्रयोग गरेको अभियोग छ।
अदालतबाट म्याद थप गरिएका व्यक्तिलाई हिरासतबाट दूतावासको जिम्मा लगाउनु गैरकानुनी हुने स्रोतले बतायो। परराष्ट्र मन्त्रालयले लिस्तिजलाई दूतावासको जिम्मा लगाउन गृह मन्त्रालयलाई लिखित रूपमै दबाब दिएको थियो। लिस्तिजलाई पक्राउ गर्नेबित्तिकै पनि उनलाई छोड्न अध्यागमन विभागमा ठूलै दबाब परेको थियो।
दूतावासले उनलाई हिरासतमा नराखी दिन परराष्ट्र र गृह मन्त्रालयसमक्ष आग्रह गरेको थियो। उक्त मुद्दा हेर्न तोकिएका अध्यागमन अधिकृत कुमार केसीले मुद्दा चलाउने अडान लिएका थिए। गृह मन्त्रालयका एक अधिकृतले भने, 'ती इजरायलीले गम्भीर अपराध गरेको होइन रहेछ, सामान्य सजायमा छोडिदिनुपर्ने विषयमा मुद्दा चलाएर अध्यामगनले कूटनीतिक सम्बन्धमै शंका उब्जाउने काम गर्यो।'
विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले उनीबाहेक परिवारका अन्य सदस्यलाई अनअराइभल पर्यटक भिसा दिएको थियो। श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका हितैषी रहेका ती इजरायलीलाई मुक्त गर्न उनले आफ्ना पीए र छोरालाई विभागमै पठाएका थिए।

##
|

0 comments:
...