|
###
|
इन्छन(दक्षिण कोरिया), आश्विन ९ । दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुदमा नेपाली खेलाडीहरु भाग्ने क्रम जारी छ । आज उसुका दुई खेलाडीहरु भागेको खुलेको छ । ६५ केजीका सान्डा प्रतिस्पर्धी सोमवीर तामाङ्ग र चाङ्क्वान खेलाडी निराजन आलेमगर भागेको सेभ दि मिसन छिमी उर्केन गुरुङ्गले जनाएका छन् ।
आज नेपाल फर्कने उसु टिमलाई सेभ दि मिसनले विदाई गर्ने क्रममा मात्र दुई खेलाडी भागेको रहस्य खुलेको हो । सेभ दि मिसन गुरुङ्गले खेलाडीहरु मिलेमतोमा भागेको हुनसक्ने बताएका छन् ।
सोमवीर गत मंगलबारदेखि नै भागेको भए पनि उसु ब्यवस्थापक चन्द्र तामाङ्गले कुनै जानकारी नदिई टिमलाई लिएर जाँदै थिए । ओलम्पिक टिमले केरकार गर्दै जाँदा तामाङ्गले सोमवीर मंगलबार नै भागेको र निराजन बुधबार भागेको स्वीकारेका थिए । निराजन रिन्जी शेर्पासंग तथा सोमवीर दानवीर महर्जनसंग एउटै कोठामा बस्दै आएका थिए ।
शेर्पा र महर्जनले भने आफूहरुलाई उनीहरु भागेको बारे कुनै जानकारी नभएको बताए । तर दुई दिनसम्म पनि कुनै जानकारी नदिई खेलाडी भगाउन मद्धत गरेको भन्दै ओलम्पिक टिमले व्यवस्थापक चन्द्र तामाङ्गलाई नियन्त्रणमा लिए पनि पछि भने कागज गराई नेपाल फर्कन दिएको थियो ।
भाग्ने खेलाडीहरुले सुटकेस छाडेर भागेका थिए । कोठा साझेदार खेलाडीहरुले सो सुटकेस आफूसंगै नेपाल ल्याउन थालेपछि ओलम्पिक टिमले मिलेमतो भएको आधारलाई अझ बलियो भएको जनाएको छ । यसअघि नेपाली सेबाकताक्रोकोका खेलाडी अमन पोडे मंगलबार राति भागेका थिए ।

##
|

.jpg)

0 comments:
...