Headlines News :
Home » » चितवन राष्ट्रिय निकुञ्जमा गोली चल्यो, १ को मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गोली चल्यो, १ को मृत्यु

###
चितवन-चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी बगइबाट मोटरसाइकलमा पूर्व जाँदै गरेका व्यक्तिमाथि बिहीबार बिहान गोली प्रहार भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले दिएको जानकारीअनुसार गोली प्रहारबाट एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। ‘बगइ र अमुवा पोष्टबीचको जंगलमा मोटरसाइकलमा गइरहेको व्यक्तिमाथि गोली प्रहार भएको सुचना आएको छ। एकजनाको निधन र एकजना घाइते भएका छन्। थप विवरण आउन सकेको छैन' प्रमुख संरक्षण अधिकृत कुँवरले भने। घाइते माडी बघौडाका त्रिलोक महतो हुन् भन्नेसम्म खुलेको र मृतकको नाम र ठेगना खुलिनसकेको उनले बताए।

घटनास्थल सदरमुकाम भरतपुरबाट लगभग ६० किलोमिटर टाढा दक्षिण-पूर्वमा पर्छ। चितवन प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरलाले घटनाको बारेमा यथार्थ विवरण आउन बाँकी रहेको बताए। ‘एसपी साप नै जानु भएको छ, घटनास्थल टाढा र फोन सम्पर्क हुन नसक्ने भएकाले यथार्थ विवरण संकलनमा कठिनाई भएको छ,' प्रवक्ता कोइरलाले भने।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar