|
###
|
द्वन्द्वकालमा मारिएका आफ्नो छोराको हत्यारा विरुद्ध कारवाही माग गर्दै अनशन बसेका नन्दप्रसाद अधिकारीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै संक्रमणकालीन न्याय दिलाउन यसअघि गरिएका वाचाहरु पुरा गर्न राष्ट्रसंघले नेपाल सरकारलाई आव्हान गरेको छ।
संयुक्त राष्ट्रसंघले उक्त घटनालाई संक्रमणकालीन न्याय प्रणालीको अभावसंग जोडेको छ।
अधिकारीको निधनले नेपालका द्वन्द्वपीडितहरु न्यायका निम्ति कति आतुर छन् भनि देखाएको राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले जनाएको छ।
बुधबार राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय तथा मानव अधिकार सम्बन्धी उच्चायोगको कार्यालयले छुट्टाछुट्टै तर एकै भावको वक्तव्य जारी गर्दै अधिकारीको निधनबारे गम्भीर चासो व्यक्त गरेका थिए।
आव्हान
खासगरी आवासीय प्रतिनिधिको कार्यालयले सो निधनलाई नेपालमा लामो समयदेखि स्थापना हुन नसकेको संक्रमणकालीन न्याय प्रणालीसंग जोडेर हेरेको छ।
हामी नेपाल सरकारलाई अन्तरिम संविधान, विद्यमान कानुन, अन्तर्राष्ट्रिय प्रतिबद्धता, न्यायका मान्य सिद्धान्तहरु, सर्वोच्च अदालतको आदेश, तथा राष्ट्रिय मानव अधिकार आयोगले दिएका सुझावहरु अनुरुप पीडितहरुलाई न्याय दिलाउने आफ्नो वचन पूरा गर्न आग्रह गर्दछौं।
ज्यामी मकगोल्डरिक, नेपालस्थित राष्ट्रसंघका आवासीय प्रतिनिधि
आफ्नो चासोबारे नेपालस्थित राष्ट्रसंघका आवासीय प्रतिनिधि ज्यामी मकगोल्डरिकले भने, “हामीलाई लाग्छ विस्तृत शान्ति सम्झौतामा उल्लेख भएजस्तो संक्रमणकालीन न्याय व्यवस्था पहिलेनै भइसकेको हुनुपर्थ्यो। त्यसैले हामी नेपाल सरकारलाई अन्तरिम संविधान, विद्यमान कानुन, अन्तर्राष्ट्रिय प्रतिबद्धता, न्यायका मान्य सिद्धान्तहरु, सर्वोच्च अदालतको आदेश तथा राष्ट्रिय मानव अधिकार आयोगले दिएका सुझावहरु अनुरुप पीडितहरुलाई न्याय दिलाउने आफ्नो वचन पुरा गर्न आग्रह गर्दछौं।”
दश वर्ष अघि तत्कालीन माओवादी विद्रोहीहरुबाट आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीमाथि कारवाहीको मागसहित श्रीमति गंगामाया अधिकारी सहित नन्दप्रसाद वीर अस्पतालमा अनशनरत थिए।
अनशनमा बसेको ३२९ औं दिन उनको सोमबार निधन भएको थियो।
दोषी को?
त्यतिका लामो समयसम्म उनको माग सुनुवाइ हुन नसक्नु र उनको ज्यान बचाउन नसकिनुमा कसको भूल थियो त?
“मलाई लाग्छ त्यस सन्दर्भमा धेरै मानिसले धेरै पहल गरेका पनि थिए। राष्ट्रसंघले पनि मानव अधिकारवादी संगठनहरुका त्यस्ता प्रयासलाई सकेको समर्थन गरेको थियो। अस्पतालमा भेट्न गएर वा अस्पतालसंग सम्पर्कमा रहेर हामीले उनको निधनलाई रोक्ने तर्फ भएका पहललाई उत्साहित गरेका थियौं। तर दुर्भाग्यवश त्यसो हुन सकेन,” मकगोल्डरिकले भने।
नन्दप्रसादको निधनपछि अझै अनशनमा रहेकी उनकी श्रीमती गंगामाया अधिकारीको जीवन रक्षा गर्न राष्ट्रसंघले सबैलाई अपील गरेको छ।
त्यसका निम्ति सरकारले तत्काल कृष्णप्रसाद अधिकारी हत्याको छानबिन थालेर दोषीहरुलाई विना राजनीतिक हस्तक्षेप कानुनको घेरामा ल्याउन मानव अधिकार उच्चायोगले आव्हान गरेको छ।

##
|

0 comments:
...