|
###
|
करिब ९० प्रतिशत छायांकन सकिएको चलचित्र ‘बादशाह’ यूनिट मंगलबार आपत्तमा पर्यो । छायांकनका लागि दमौलीको साङ्गे खोला तर्ने क्रममा गाडी एकाएक बगेपछि हारगुहार नै चल्यो । निर्देशक ऋषि न्यौपाने, कलाकार महिमा सिलवाल, किशोर खनाल, दिनेश केसी लगायतको टिम गाडी भित्र थियो । करिब ३५ मिनेटसम्म साङ्गे खोलामा गाडी फसेपछि सबैजना आपत्तमा परेका थिए ।
खोला तरेर हिमालको दृश्य खिच्ने योजनामा लागेको सिनेमाको यूनिट एकाएक गाडी बगेपछि तनावमा परेको थियो । ३५ मिनेटसम्म खोलामै फस्दा गाडी भित्र पानी पसेको र आफूहरु अतालिएको निर्देशक न्यौपानेले जानकारी दिए । छिमेकी र अन्य व्यक्तिहरुले नबचाएको भए चलचित्रका कलाकार र निर्देशकलाई गाडीबाट बाहिर निस्किएर किनारामा आउन सहज नहुने प्रत्यक्षदर्शी एक व्यक्तिले बताए । चलचित्रमा सुशिल क्षेत्री, दिपक राइ लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले समाजमा एक वादशाह व्यक्तिले कस्तो भूमिका निर्वाहा गर्न सक्छ भन्ने देखाएको छ ।

##
|

0 comments:
...