Headlines News :
Home » , » ‘सर्वपक्षीय राजनीतिकसभा गर्न प्रमुख दल सकारात्मक’, नेताहरुले के भने ? (भिडियोसहित)

‘सर्वपक्षीय राजनीतिकसभा गर्न प्रमुख दल सकारात्मक’, नेताहरुले के भने ? (भिडियोसहित)

###
काठमाडौं, भाद्र १७ । नेकपा–माओवादीले माग गरेको सर्वपक्षीय राजनीतिकसभा गर्न प्रमुख तीन दल सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज भएको नेकपा–माओवादी, एमाओवादी र सत्तारुढ दुई दलको बैठकमा प्रमुख तीन दल माओवादीको मागप्रति सकारात्मक भएका हुन् ।

सभा कसरी गर्ने भन्नेबारे भने दुई दिन छलफल गरी आगामी भाद्र १९ गते सभा डाक्ने विषयमा निष्कर्षमा पुग्ने प्रमुख तीन दलका नेताहरुले बैठकपछि जानकारी दिए ।

बैठकपछि नेकपा–माओवादीका नेता देव गुरुङले भने सर्वपक्षीय राजनीतिकसभाका विषयमा प्रमुख तीन दलकै धारणा एउटै नभएकाले दुई दिनको छलफलपछि निर्णयमा पुगिने बताए ।

बैठककै बीचमा पनि प्रमुख तीन दलका नेताहरुबीच छुट्टै बैठक बसे पनि कुनै सहमति हुन नसकेपछि छलफलका लागि दुई दिन छुट्टाइएको हो ।

यसैबीच, सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar