|
###
|
लन्डन , भाद्र ३१ - डान्स इण्डिया डान्स लिटल मास्टर च्याम्पियन नेपाली चेली तेरिया फौजा मगर सप्ताहन्त बेलायतवासी नेपालीबीच केन्द्रमा रहिन् । दसैंं आउन अझै केहि दिन बाँकी रहेपनि यहाँ नेपालीले एड्भान्समा आयोजना गरेको दसैं मेघा इभेन्टमा उनको नाच हेर्न र प्रत्यक्ष भेट्न लालयित असंख्य भेटिए ।
रेडिङ र ह्यारोमा आयोजित इभेन्टमा तेरियाले दर्शक अपेक्षाभन्दा थोरै नाचेपनि जति गरिन्, प्रशंसा चाहीँ औधि बटुलिन् । उनले शुरुमै डाँफे झैं नाच्ने, हिमाल झैं हाँस्ने नेपालकी छोरी हुँ म... मा नाच्दा हल तालीले गुञ्जियो, सहभागीले नेपाली हुनुमा गर्व गरे ।
उनले संक्षिप्त मन्तव्यका क्रममा म नेपाली छोरी हुँ र नेपाल र नेपालीको इज्जत राख्न प्रयत्नशील रहनेछु भनेपछि धेरैले उनको तारिफ गरे । आफूलाई लिटल मास्टर उपाधि जिताउन प्रवासी नेपालीको साथ, समर्थनप्रति पनि उनी कृतज्ञ देखिइन् । तेरियाले प्रत्येक शोमा नेपालीसहित दुई हिन्दी गीतमा नाच देखाएकी थिइन् ।
यसअघि आयोजकले कम्तीमा पाँच गीतमा तेरियाले नाच देखाउने जनाएपनि उनको नृत्य धित मरुञ्जेल हेर्न नपाएपछि कतिपय दर्शक भने खिन्न देखिन्थे ।
कार्यक्रममा तेरियासहित गायक प्रमोद खरेल र लोकगायक मिलन लामाले समेत आफ्नो कला प्रस्तुत गरेर दर्शक नचाए । मिमिक्रीमा पोख्त गायक खरेलले हरेक गीत गाउँदा दर्शक वान्स मोर भनिरहन्थे । लोकगायक लामाको पनि बोल्ने कला र गला दुवैले सहभागी प्रफुल्ल भए ।
यतिखेर बेलायतमा अत्यधिक कार्यक्रम जुधेकाले दर्शक उपस्थिति चाहीँ सोचेजस्तो रहेन । कार्यक्रम मुछेत्र गुरुङ, कमल गुरुङ, गणेश गुरुङ, नवीन गुरुङ र मिलन गुरुङले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
दुई शोबाट आउने मुनाफामध्ये दशप्रतिशत कास्की धम्पुसस्थित उदय मावि र सुनकोशी बाढी पीडितको सहयोगार्थ खर्चिने उनीहरुको प्रतिवद्धता छ ।

##
|

0 comments:
...