Headlines News :
Home » » दशैंमा मासु किन्दा मिसमास भएको जान्ने कसरी ? डा. कार्कीको सल्लाह

दशैंमा मासु किन्दा मिसमास भएको जान्ने कसरी ? डा. कार्कीको सल्लाह

###
डा. केदार कार्की meatनियतवस वा भुलवस मिसमास गरिनु मासु व्यवसायमा सामान्य मानिन्छ । यो उपभोक्ता ठग्ने सामान्य प्रचलन पनि । यो प्रथा आज भोली मात्र हैन जब देखि मासु व्यापारीक प्रयोजनका लागी बेचविखन हुन थाल्यो त्यसवेला देखि नै को हो । भनिन्छ मासु दुई जनाले मात्र चिन्दछन एक जस्ले वध गर्छ दुई मासु निरिक्षक जस्ले वध गर्नु अघि पशुपंक्षी जाँच गरी अभिलेख राख्छ । अनि सोहि अनुसार वध भएको पशुपंक्षीको मासु निरिक्षण गरी प्रमाणीत चिन्ह अंकित गर्छ । हाम्रो मासु उद्दयोग श्रृङखला शिशु अवस्थामा वामे सर्दैछ ।

 मासुलाई परापूर्वकालदेखि हुने खाने वा पौरखीको भोजन मानिँदै आएको छ । आज सर्वसाधारणका लागि पनी देखा सिकी कै लागी अपरिहार्य भोजन श्रृङ्खलामा परेको छ । मासुको उपभोग बढ्नुको अर्को अर्थ समाजको संवृद्धिको परिसुचक अनि सामाजिक परिवर्तनको सुचक पनि । त्यसैले सबैको पहँुच होस् भन्ने सदासचता सदित शुद्ध, सफा, स्वच्छ, उच्च कोटीको भनिने मासुमा मिसावट गरी यसको मूल्य सर्वसुलभ गर्ने प्रयास भएको पाइन्छ । बासी, सामान्य, खान नहुने मासु, एक प्रजातीको मासु अर्को प्रजातीमा र रोगी, रोग लागेर मरेको पशुपंक्षीको मासु स्वस्थ्य पशुमा मिसाउन यो कार्य अन्तर्गत पर्छ । यस्ता कार्यले जनस्वस्थ्यलाई चुनौती दिन्छ नै, मासुसम्बन्धि नियमन गर्न बनेका ऐन कानुन लागु गर्न पनि असजिलो पार्छ । हाम्रो आफ्नो परिवेशमा यसको सम्भावना निकट भविष्यमा देखिँदैन किनभने, मासु व्यवसायीको सहकारी स्थानीय निकाय तथा नेपाल सरकारको सहभागीतामा आर्थीक, प्राविधिक सहकार्यमा व्यवस्थित वधस्थल, वधशाला निर्माण कार्य असफल भएको स्थिती काठमाडौंमा नै छ, मोफसलका कुरा के गर्ने । कुन पशुको मासु हेर्दा कस्तो हुन्छ : गाई–गोरुको मासु : गाढा रातो रंग, थौरै खैरौ, एकनासे रेशा, काटीएको भाग चम्कीलो, मासु वोसो सरबरि सेतो, पहेलो रंग, अनौठो गन्ध आउने, चरीचरनका भए पहेँलोपन गाढी, हाडको गुदी, गाढा सेतोदेखी रातो पहेंलो खनी गाढा । खसी–बोकाको मासु : गाढा रातो, कस्सीएको, घना रेशा युक्त मासुमा बोसो न्यून, छाला तथा मृगौलामा प्रशस्त वोसो भएको, बोसो निख्खर सेतो, कडा, एकनासे, छुँदा टुक्रन पर्ने । नली हाडको गुदी एकनासे हल्का रातो । भेंडाको मासु : भेंडा भन्दा फोस्रो, बोसो र नली हाडको गुदी जस्तो भेंडा हेर्दा त्यस्तै, छाला र मृगौलामा बोसो न्यून कि हुँदै नहुने ? बंगुरको मासु : कैलो सेतो, तीलचाम्रे देखि रातो, रेसा मिहिन, प्रशस्त बोसै बोसो भएको बोसो गाढा सेतो, मिहिन दानादार, अनी नरम । नलीहाडको गुदी गुलाबी रातो र नरम । मासु उमाल्दा फोस्रो सेतो र हलुका हुने । घोडाको मासु : गाढा रातो, निलडाम परेको जस्तो रेसा मिहिन एकनासे, परतदार, वोसो सुन्य, वोसो हल्का सुनौलो, साना उमेरकामा, उमेर पुगेकाको भने सेतो, नली हाडको गुदी, मैन जस्तो, चिपचिपे अनी नरम ।

 कुकुरको मासु : अली चनाखो हुनुपर्ला, मासु पसल वरिपरि यिनको बथान, तपाईंको भागमा पर्ला । पसले दाइलाई सोधेको यी किन यहाँ । जवाफ आपत्कालीन आपूर्तिका लागी तैनाथ । यिनको मासु रातो, एक नासे रेसा, थोरै बोसो मासुमा गुहि गन्धे, सुंघि नसक्नु, बोसो सेतो÷ सेतो फुस्रो, तेलनै झर्ला जस्तो चिपचिपे । खरायोको मासु : फोस्रो रातो, खैरो रातो, मिहिन रेसा बोसो बिहिन । कुखुराको मासु : मासु त फोस्रो त्यसैले भनेको ह्वाइट मिट, मासुका रेसा अली रातो मात्र वोसो रहित । मृग–हरिणको मासु : यसै त दुर्लभ तैपनि भन्लान विचार गर्नुहोला ।

गाढा रातो वा खैरो रातो हेर्दा । मासुमा बोसो त के लागोस भाग्दै फुर्सद हुँदैन । कस्सीएको मासु एथेलीटीकसको जस्तो । मगमग बास्ना आउने, शुद्ध अर्गानिक मासु, प्रशस्त रेसादार सुकुटी त यिनको काइदाको । हाम्रा सामाजीक धार्मीक परम्परा तथा आर्थीक स्थिती अनुसार मासु उपयोग गर्न रुचाउँछौ । त्यस उसले प्रत्येक प्रजातीको मासुको मूल्य फरक पर्न सक्छ । एक प्रजातीमा अर्को प्रजाती भनि मिसाउँदा धार्मीक तथा सामाजीक अनि आर्थीक पक्ष पनि प्रभावित हुन सक्छ । यस वाहेक फरक÷फरक किसिमको पशुपंक्षीको मासु मिसमास गर्दा जनस्वास्थ्यमा पनि प्रतिकुल असर पर्न सक्छ । यसबारे उपभोक्ता आफै सचेत हुनु पर्छ । शंका लागेमा विविध खाले प्रयोगशालामा परिक्षण गर्न सकिन्छ । तर सचेतता तपाईं आफैको ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar