Headlines News :
Home » » पाँच बुँदे सहमतिपछि टेलिकमको आन्दोलन स्थगित, भोलिदेखि दसैं अफर

पाँच बुँदे सहमतिपछि टेलिकमको आन्दोलन स्थगित, भोलिदेखि दसैं अफर

###
काठमाडौं- सरकारले गैर इन्जिनियरलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएको भन्दै आन्दोलन गरेका इन्जिनियर र टेलिकम व्यवस्थापनबीच सहमति भएको छ। शुक्रबार सञ्चार सचिव तथा कम्पनीका अध्यक्ष सुनिलबहादुर मल्ल र आन्दोलित कर्मचारीबीच छलफल भएपछि सहमति भएको हो।


सहमतिपश्चात् इन्जिनियरहरुले आन्दोलन फिर्ता लिएका छन्। २० दिनअघिदेखि गैर इन्जिनियरलाई कम्पनीको प्रमुख बनाएको भन्दै कम्पनीका इन्जिनियर समूहले आन्दोलन गर्दै प्रबन्ध निर्देशकको कार्यकक्षअगाडि धर्ना दिँदै आएका थिए। सरकारले गत भदौ १९ गते कम्पनीको प्रबन्ध निर्देशकका कम्पनीकै सचिवालयमा नायब प्रबन्ध निर्देशक रहेका बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।
कम्पनीका प्रबन्ध निर्देशक आयार्यले व्यवस्थापन र आन्दोलरत इन्जिनियर पक्षबीच छलफल भएर सहमति भएको बताए। अबदेखि प्रबन्ध निर्देशक हुँदा नयाँ प्रक्रियाबाट गराउने र आन्तरिक संस्थागत सुधारका विषयमा कुरा मिलेपछि आन्दोलन नगर्ने सहमति भएको उनले बताए।
संघर्ष समितीका संयोजक इन्जिनियर दिनेश पन्थीले व्यवस्थापनसँग ५ बुँदामा सहमति भएपछि आन्दोलनलाई स्थगित गरिएको बताए। व्यवस्थापनले अहिले प्रबन्ध निर्देशकको समयावधि घटाउने, प्रबन्ध निर्देशक भएपछि तल्लो पदमा आउन नपाउने गरी स्वतः अवकास पाउने, प्रबन्ध निर्देशक नियुक्त गर्दा समिति बनाएर आन्तरिक प्रतिस्पर्धाबाट सरकारलाई सिफारिस गर्ने, ३ महिनाभित्र स्वेच्छिक अवकास लागू गराउने र कर्मचारीहरुको वृति विकासका लागि विभिन्न तालिम र योजना ल्याउने कुरामा सहमति भएपछि आन्दोलन स्थगित गरिएको बताए।
आन्दोलन स्थगित भएपछि टेलिकममा दसैं तिहारका लागि ग्राहकलाई ल्याउने अफर र स्किम आइतबार साँझ वा सोमबारदेखि लागू गर्ने भएको छ। प्रबन्ध निर्देशक आचार्यले आइतवारदेखि नै ग्राहकका लागि विगतमा दिँदै आएको अफर र स्किम घोषणा गर्नेगरी शनिबार पनि काम भएको जानकारी दिए।
टेलिकममा आन्दोलन भएपछि विगतमा घटस्थापनादेखि नै सुरु हुने अफर सुरु हुन सकेको थिएन। आन्दोलनकै कारण गत बुधवार टेलिकम कार्यालयमा दुई पक्ष कर्मचारीबीच झडपसमेत भएको थियो।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar