###
![]() |
- निर्माण व्यवसायीका नेता नै गुण्डाका मुहान

पीडित ठेकेदारले आफूलाई ठेक्का परेवापत महासचिव गौचन र कान्छारामको टोलीलाई शुरुमा ३५ लाख दिएको र पछि फेरि २५ लाख रुपैयाँ माग्न गुण्डा परिचालन गरेपछि पीडितले महासंघमा उजुरी गरेका थिए ।
‘महासंघमा उजुरी गरेपछि पैसा फिर्ता गरेको भन्ने सुनिएको छ’ प्रहरी स्रोतले भन्यो ‘ठेकेदारहरुले गुण्डा प्रयोग गरेर ठेकेदारलाई नै दुःख दिएका धेरै उजुरीहरु आएका छन्, निर्माणव्यवसायी महासंघको आडमा गुण्डागर्दी भइरहेको छ’ ।
- ठेकेदारलाई एसएसपीको चेतावनी
ठेकेदारले नै अर्को ठेकेदारविरुद्ध गुण्डा नाइकेहरु प्रयोग गरेका धेरै गुनासा आएपछि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले व्यवसायीहरुलाई बोलाएरै छलफल गरेको स्रोतले जनाएको छ ।
एसएसपी कार्कीले निर्माण व्यवसायीहरुलाई ठेक्का पट्टामा गुण्डाको प्रयोग नगर्न चेतावनी दिएका छन् । ठेक्का हात पार्न एउटाले अर्कोलाई गुण्डा लगाउने प्रवृत्ति व्याप्त छ ।
एसएसपी कार्कीले भने आफूले निर्माण व्यवसायीहरुलाई बोलाएर राज्य संयन्त्रलाई भर गर्न र गुण्डाहरुलाई प्रश्रय नदिन आग्रह गरिरहेको प्रतिक्रिया दिए ।
कार्कीले अनलाइनखबरसँग भने-अहिले राज्य संयन्त्र बलियो भएको बेला छ, तपाईहरुले राज्यका संयन्त्रहरुलाई विश्वास गर्नुस्, आज तपाईले अर्कोविरुद्ध प्रयोग गरेको गुण्डा भोलि तपाई विरुद्ध अर्कोबाट प्रयो हुन सक्छ भन्ने आग्रह गरेको हुँ ।
- ठेकेदारका नेता नै गुण्डा सञ्चालक
निर्माण व्यवसायीले स्वस्थ प्रतिस्पर्धा नगरी ठेक्कामा गुण्डा प्रयोग गरी अरुलाई टेण्डर हाल्नै नदिने गरेकाले सरकारले ई-टेण्डरको व्यवस्था गरेको छ ।
ठेकेदारहरुले ई-टेण्डरबाट ठेक्का पाए पनि फिल्डमा गुण्डाले सताउने समस्या झन् बढेको गुनासो आएपछि अपराध महाशाखाले अनुसन्धान थालेको थियो ।
यसक्रममा एउटा ठेकेदारले कुनै पनि आयोजनाको ठेक्का पाएपछि अर्को ठेकेदारले गुण्डा लगाउने गरेको र महासंघका पदाधिकारीले नै कार्टेलिङ गरेर ठेक्का पाएवापत प्रतिशतका आधारमा कमिसन माग्ने गरेको पाइएको छ ।
राजनीतिक पहुँचमा रहेका कान्छाराम, शरद गौचन, सानोकान्छा मोक्तान जस्ता ठेकेदारबाट ठेकेदार नै पीडित भएको गुनासो बढेको छ ।
यसमा निर्माण व्यवसायी संघका अध्यक्ष जयराज लामिछानेसमेत सहयोग देखिएपछि पूर्वअध्यक्ष यक्षध्वज कार्की लगायतले राज्यका बिभिन्न निकायमा उजुरी गरेका छन् ।
ठेक्का कब्जा गर्न र ठेक्का पाएकाहरुबाट पैसा असुल्न उनीहरुले नाम चलेका गुण्डालाई प्रयोग गर्ने गरेको पाइएपछि उनीरुलाई राज्य संयन्त्रलाई सहयोग गर्न आग्रह गरेको एसएसपी कार्कीले अनलाइनखबरलाई बताए ।
- गुण्डालाई पैसा दिने पनि प्रहरी निगरानीमा
निर्माण व्यवसायीहरुले ठेक्का कार्टेलिङमा मिलाउने र असहमति जनाउने ठेकेदारहरुलाई गुण्डाको प्रयोग गर्दै तर्साउन थालेको सूचना पाएपछि प्रहरी सक्रिय भएको स्रोतले जनाएको छ ।
एसएसपी कार्कीले ठेकेदारहरुलाई भनेको भनाइ उधृत गर्दै एक व्यवसायीले अनलाइनखबरसँग भने ‘तपाईहरु ठेक्कापट्टा गरेर दुःखजिलो एउटा गाडी चढ्नुहुन्छ । तर, तपाईहरुकै पैसाबाट गुण्डाका नाइकेले महिना महिनामा गाडी फेरेर हिँडेका छन्’ ।
एसएसपी कार्कीले ठेक्कापट्टामा गुण्डागर्दीको मूल जड ठेकेदार नै भएको भन्दै गुण्डा प्रयोग गर्ने ठेकेदारको पहिचान भइरहेको बताएका थिए ।
उनले अब त्यस्तो भएमा गुण्डामात्र होइन, गुण्डालाई पैसा बाँड्ने ठेकेदारलाई समेत पक्राउ गर्ने चेतावनी दिएका छन् ।
कार्टेलिङमा ठेक्का मिलाउने र राज्यको ढुकुटीमा जम्मा हुने पैसा ठेकेदार र गुण्डाका नाइके, प्रहरी प्रशासन र कर्मचारीबीच भागबण्डा हुँदा गुण्डागर्दी र ग्याङ वार हुने गरेको ठहर प्रहरीको छ ।
कार्टेलिङमा ठेक्का मिलाउने र मिल्न नमान्ने ठेकेदारलाई गुण्डा नाइकेको प्रयोग गरेर धम्क्याउने गरेको समेत जानकारी आएको प्रहरीले जनाएको छ ।
- को-को हुन् गुण्डा प्रयोग गर्ने ठेकेदार ?
प्रहरीले कार्टेलिङमा ठेक्का मिलाउने र गुण्डा लगाएर पैसा असुल्नेमा निर्माण व्यवसायी महासंघका महासचिव नै संलग्न रहेको धेरै उजुरी तथा प्रमाण संकलन गरेको छ ।
महासचिवले पहिले रमेश बाहुनलाई प्रयोग गर्ने गरेको र बाहुन पक्राउ परेपछि कुमार घैंटेलाई प्रयोग गरेको प्रहरीको दाबी छ । घैंटेलाई प्रहरीले पछ्याएपछि उनी नेपाल छाडेर भागेका छन् ।
त्यस्तै ललितपुरका सानोकान्छा मोक्तान, काठमाडौंका कृष्ण गौतम, कान्छाराम तामाङ लगायतका ठेकेदार पनि प्रहरीको लिष्टमा परेका छन् ।
ठेकेदारबाट पैसा असुलेर अर्का ठेकेदारलाई दिने काममा प्रयोग भएका गुण्डाहरुको पनि विवरण प्रहरीले संकलन गरिरहेको छ ।
सबै गुण्डाहरु अहिले निगरानीमा रहेको प्रहरीले जनाएको छ । कतिपयलाई सत्तारुढ दल नेपाली कांग्रेसका उच्च नेता र मन्त्रीको सिधै संरक्षण रहेको समेत देखिएपछि प्रहरीले होसियारीपूर्वक अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ ।
##
![]() |
0 comments:
...