|
###
|
काठमाडौं : नेपाल पञ्चांग निर्णायक समितिले विजयादशमीको टीकाको दिन मान्यजनको हातबाट टीका ग्रहण गर्न बिहान १० बजेर १५ मिनेटको शुभसाइत रहेको जनाएको छ। १७ गते शुक्रबार नेपालीको महान् चाड विजयादशमीको टीका परेको छ।

'मान्यजनको हातबाट देवीको प्रसाद र आशीर्वचनका साथ टीका लगाइदिने परम्परा भएकाले साइत हेरिरहनु पर्दैन। दिनभर र उक्त दिन पनि नभ्याए पूर्णिमाका दिनसम्म लगाउन मिल्छ। कसैलाई साइत चाहिने भए १०:१५ बजे उत्तम मानिएको छ', नेपाल पञ्चांग निर्णायक समिति सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने।
ढुंगेलले टीकाका लागि भन्दा देवी विसर्जनको साइत महत्त्वपूर्ण हुने बताए। देवी विसर्जन ९ बजेर ५५ मिनेटको साइतमा गर्नुको अर्थ विशेष हुने उनको भनाइ छ। नवमीका दिन बिहान पूजापाठ सक्ने र त्यसलगत्तै दशमीको पूजापाठ सुरु गर्नुपर्ने जानकारी दिँदै उनले भने, 'जे गर्छौं, फलको आसले गर्छौं। त्यसैले देवी विसर्जन साइतमा ग:यौं भनेमात्र आशातीत फल मिल्नेछ।' तिथि टुटेका कारण नवमी र दशमी एकै दिन परेको ढुंगेलको भनाइ छ।
नवरात्रीको यो समयमा भक्तजन देविका, भैरवी, कालिका, महेश्वरी, दक्षिणकाली, मनकामना, शोभाभगवती, बज्रयोगिनी, छिन्नमस्ता, त्रिपुरासुन्दरीलगायत देवीका शक्तिपीठमा पूजाआजाका लागि पुगेका छन्। नवरात्रभर यी पीठमा भक्तजनको भीड लाग्ने गर्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्ड, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। महानवमीका दिन नौ कुमारीको पूजा गर्ने चलन छ। प्रत्येकको भिन्दाभिन्दै फल पाइने हुनाले कसैले फलअनुसारका कुमारीको पूजा गर्छन्। एक वर्ष नाघेकादेखि १० वर्ष ननाघेका कुमारीको पूजा गरिन्छ।

'मान्यजनको हातबाट देवीको प्रसाद र आशीर्वचनका साथ टीका लगाइदिने परम्परा भएकाले साइत हेरिरहनु पर्दैन। दिनभर र उक्त दिन पनि नभ्याए पूर्णिमाका दिनसम्म लगाउन मिल्छ। कसैलाई साइत चाहिने भए १०:१५ बजे उत्तम मानिएको छ', नेपाल पञ्चांग निर्णायक समिति सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने।
ढुंगेलले टीकाका लागि भन्दा देवी विसर्जनको साइत महत्त्वपूर्ण हुने बताए। देवी विसर्जन ९ बजेर ५५ मिनेटको साइतमा गर्नुको अर्थ विशेष हुने उनको भनाइ छ। नवमीका दिन बिहान पूजापाठ सक्ने र त्यसलगत्तै दशमीको पूजापाठ सुरु गर्नुपर्ने जानकारी दिँदै उनले भने, 'जे गर्छौं, फलको आसले गर्छौं। त्यसैले देवी विसर्जन साइतमा ग:यौं भनेमात्र आशातीत फल मिल्नेछ।' तिथि टुटेका कारण नवमी र दशमी एकै दिन परेको ढुंगेलको भनाइ छ।नवरात्रीको यो समयमा भक्तजन देविका, भैरवी, कालिका, महेश्वरी, दक्षिणकाली, मनकामना, शोभाभगवती, बज्रयोगिनी, छिन्नमस्ता, त्रिपुरासुन्दरीलगायत देवीका शक्तिपीठमा पूजाआजाका लागि पुगेका छन्। नवरात्रभर यी पीठमा भक्तजनको भीड लाग्ने गर्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्ड, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। महानवमीका दिन नौ कुमारीको पूजा गर्ने चलन छ। प्रत्येकको भिन्दाभिन्दै फल पाइने हुनाले कसैले फलअनुसारका कुमारीको पूजा गर्छन्। एक वर्ष नाघेकादेखि १० वर्ष ननाघेका कुमारीको पूजा गरिन्छ।
|
##
|

0 comments:
...