Headlines News :
Home » » सुनसरीमा ट्रकभित्रै युवतीमाथि सामुहिक बलात्कार

सुनसरीमा ट्रकभित्रै युवतीमाथि सामुहिक बलात्कार

###
सुनसरी, भदौ ३१ - सुनसरीको हरिपुर १ स्थित कोशी कटानमा सोमबार राती एक युवतीमाथि ट्रकभित्र सामूहिक बलात्कारमा भएको छ ।
सप्तरीको रुपनीबाट कोशी व्यारेजका लागि आउने क्रममा ट्रकमा चढेकी युवतीलाई ट्रकका चालक, सहचालक र सहयोगीले कोशी कटान क्षेत्रमा ल्याएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घट्नामा संलग्न रहेको आरोपमा सप्तरी बनिगामाकटी ४ का ३० वर्षका राम यादव, १९ वर्षका चन्द्रदेव यादव र १८ वर्षका सरोजकुमार यादवलाई पक्राउ गरी  जवरजस्ती करणी अन्तर्गतको मुद्दा दर्ता गरेको छ । युवतीलाई भने परिवारको जिम्मा लगाईसकेको सुनसरीका  प्रहरी उपरीक्षक मसउद आमल खाँले जानकारी दिनुभयो ।
ट्रकभित्र सामूहिक बलात्कार भइरहेको अवस्थामा शसस्त्र प्रहरीको हरिपुर पोष्टले देखेर युवतीलाई उद्धार गर्नुका साथै तीन जनालाई राती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि ट्रक भित्रैबाट युवतीले हात हल्लाएर चिच्याएपछि आफूहरुले ती युवतीको उद्धार गरेको सशस्त्रका शसस्त्र प्रहरी नायब निरीक्षक नारायण सुवदीले जानकारी दिनुभयो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar