Headlines News :
Home » » नग्न तस्विर सार्वजनिक भएपछि

नग्न तस्विर सार्वजनिक भएपछि

###
भदौ ३० – नग्न शरीरमा सार्वजनिक स्थानमा हिड्न प्रतिबन्ध लगाएकोले केहि महिला शारिरीक र मानसिक रुपमा शोषित भएको समाचार केहि हप्ता अघि सार्वजनिक आएको थियो ।
त्यसबेला धेरै बटुवाले उनीहरुलाई यौन व्यवसायी भनेर पनि उपमा दिन पछि परेनन् । यो घटना सुन्दैमा पुरिटनकालीन (सत्रौं शताब्दी)उपन्यासको दृश्य जस्तो लाग्दछ ।
यो घटना सेलाउन नपाउँदै यस्तै अर्को पनि घटना बाहिर आएको छ ।
केहि ह्याकरले नाम चलेका महिलाका नग्न तस्विर चोरेर इन्टरनेटमा राखेका छन् । यतिले पनि चित्त नबुझेपछि उनीहरुले लेखे 'यी शरिर हाम्रो स्वामित्वमा छ, इच्छा अनुसार हामी जे पनि गर्न सक्छौं ।'
यद्यपी ह्याकरको पहिचान हुन सकेको छैन । उनीहरुले अभिनेत्री जेनिफर लरेन्स, अलिसन ब्रिए, लिजजी कप्लान, ओलम्पिक खेलाडि होप सोलो, म्याककेला म्यारोनीलगायत अभिनेता डेभ फ्रान्को तस्विर चोरेर इन्टरनेटमा राखेका हुन् ।
यो घटनापछि विशेषज्ञहरुले फरक फरक राय  राखेका छन् । महिलाको नग्न शरीर  पुरुषको नग्न शरिर भन्दा  बहुमूल्य भएकोले पनि यसो गरिएको एक थरीका विशेषज्ञको भनाइ छ । अर्का थरी भन्छन् 'लुगा लगाएकाको अगाडि नग्न हुनु भनेको शक्तिहीन हुनु हो ।'  त्यसैले महिलाहरुलाई शक्तिहीन बनाउन यसो गरिएको भन्ने उनीहरुको तर्क छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar