Headlines News :
Home » » प्रश्न उठ्यो- चरीलाई ओडाएको झण्डा प्रधानलाई ओढाउने कि नओढाउने

प्रश्न उठ्यो- चरीलाई ओडाएको झण्डा प्रधानलाई ओढाउने कि नओढाउने

###
नेकपा एमालेकी नेतृ साहना प्रधानको निधनले सामाजिक सञ्चालमा श्रद्धान्जलीले भरिएका छन् । प्रधानको निधनले कम्युनिष्ट आन्दोलनलाई पुर्‍याएको चर्चादेखि लिएर पार्टीको झण्डा ओढाउने कि नओढाउने भन्ने बसह समेत सुरु भएको छ । पत्रकार रविन्द्र मिश्रले आफ्नो फेसबुक पेजमा लेखेका छन,एमालेले केही समयअघि विवेक गुमाएका बेला एउटा हिंसक चरीलाई ओडाएको झण्डा आज साहना प्रधानलाई पनि ओडाउने छ भन्ने सोच्दा अलि नमिठो लागेको छ ।’

 उनले लेखेका,‘तपाईंलाई के लाग्छ कुन्नि, मलाई त त्यसबाट झण्डा र साहना दुबैको अपमान हुन्छ जस्तो लागिरहेछ ।’ पत्रकार मिश्रले साहना प्रधानप्रति मेरो विशेष मम्मान छ रहेको उल्लेख गर्दे प्रधानको आत्मालाई चीर शान्ति मिलोस भन्ने कामना व्यक्त गरेका छन् ।

नेकपा एमाले युवा नेता एवं सभासद रविन्द्र अधिकारीले प्रधानको निधनले राष्ट्रले एउटा सच्चा व्यक्तित्व तथा सिंगो वामपन्थी आन्दोलनको धरोहर, महिला आन्दोलनको शिखर व्यक्तित्व गुमाउनु पर्दाको क्षणमा देश कम्युनिष्ट आन्दोलन र पार्टीलाई अपुरणीय क्षति पुगेको छ । उनले स्टाटसमा लेखेका छन,‘सहाना प्रधान एउटा आन्दोलनको नाम हो, एउटा सघर्षमय खुल्ला किताब हो, हामी सबैमा शोकलाई शक्ति मा बदल्ने सामाथ्र्यता मिलोस ।’

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar