|
###
|
सुर्खेत, आश्विन १४ । सुर्खेतका बाढीपीडितहरुलाई राष्ट्रपतिदेखि मन्त्रीसम्मले तत्काल राहत र पुर्नवासको आश्वासन दिए । तर, दसैंले छोपिसक्दा पनि उनीहरुले दसैं मनाउने खर्चको जोहो गर्न सकेका छैनन् ।
सरकारले पीडितको प्रतिपरिवारलाई तीन हजार रुपैयाँ दसैंखर्च दिने भने पनि त्यो फोस्रो आश्वासन सिवाय केही नहुने देखिएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समिति तथा विभिन्न गैरसकारी संघ–संस्थाहरुले एक हप्ताअघिसम्म खाद्यान्न उपलब्ध गराएका थिए । दसैंको मुखमा त्यो पनि दिन छोडिएको छ । दसैं नजिकिएसँगै स्वास्थ्यकर्मी र गाविस, नगरपालिकाका प्रतिनिधिहरु पीडितहरु बसेको स्थानमा जान छाडेका छन् । स्थानीय प्रशासनले पनि पीडितलाई हेर्न नसकिएको बताएको छ ।
सहायक जिल्ला अधिकारी जगतबहादुर बस्नेतले विस्थापित बस्तीमा खाद्यन्न र दसैंखर्च पठाउन नसकेको स्वीकारे ।
गत श्रावण अन्तिम साता सुर्खेतमा आएकोे बाढीपहिरोबाट सवा ६ अर्बको क्षति पुर्याएको छ । बाढीपहिरोले सार्वजनिक सम्पत्तितर्फ ३ अर्ब ८६ करोड २४ लाख ३७ हजार र व्यक्तिगततर्फ दुई अर्ब २१ करोड २४ लाख ३७ हजार रुपैयाँको क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्लामा अविरल वर्षापछिको बाढीपहिरोमा परी ३४ जनाको मृत्यु, २६ जना घाइते र ९१ जना बेपत्ता भएका थिए । -

##
|

0 comments:
...