|
###
|
इन्छन(दक्षिण कोरिया) आश्विन ८ । सत्रौं एसियाली खेलकुदको लागि दक्षिण कोरिया पुगेका नेपालका एक जना खेलाडी उतै लुकेका छन् । सेपाक ताक्रोका खेलाडी अमन पोडे गएरातिबाट सम्पर्क विहीन भएका हुन् ।
उनी पूर्व निर्धारित कार्यक्रम अनुसार आज बिहान काठमाडौं फर्कनु पर्ने थियो । हिजो दिनभरि नै सेपाक ताक्रोका टिम व्यवस्थापक तथा अन्य खेलाडीहरु संगसंगै घुमे पनि राति पोडे भागेको बताइएको छ ।
एसियाडमा नेपाली टोलीका सेफ डे मिशन छिमी उर्केन गुरुङ्गले यसबारे प्रहरीमा खवर गरिसकेको बताएपनि अहिलेसम्म उनको पत्तो लागेको छैन ।
सेपाक ताक्रोका सल्लाहकार एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष सीताराम मास्केले भागेका खेलाडी खोजिदिन सोलस्थित नेपाली दुतावासमा खवर गरिसकेका छन् । जारी एशीयाडको लागि नेपालबाट २ सय ४ जना खेलाडी दक्षिण कोरिया पुगेका छन् ।
यसैविच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले एसियाडमा खेलाडी भागेको पुष्टी भए सम्बन्धीत खेल संघलाई एसियाड पछि कारवाही गर्ने बताएका छन् ।
हामीसँग कुरा गर्दै लामाले एसियाडका खेलाडी भागेको घटनाको जिम्मेवारी हाल दक्षिण कोरियामै रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, ओलम्पिक कमिटिका अध्यक्ष ध्रुव बहादुर प्रधान एवं पदाधिकारीहरु तथा टोलीका सेफ डे मिशनले लिनुपर्ने बताए ।
कुनैपनि खेलाडी भाग्नु राज्यको वेईज्जत हो भन्दै सदस्यसचिव लामाले एसियाडको समाप्तिसँगै यस विषयमा गम्भिर ढंगले छानविन र कारवाही अघि बढाउने बताए ।
उनी पूर्व निर्धारित कार्यक्रम अनुसार आज बिहान काठमाडौं फर्कनु पर्ने थियो । हिजो दिनभरि नै सेपाक ताक्रोका टिम व्यवस्थापक तथा अन्य खेलाडीहरु संगसंगै घुमे पनि राति पोडे भागेको बताइएको छ ।एसियाडमा नेपाली टोलीका सेफ डे मिशन छिमी उर्केन गुरुङ्गले यसबारे प्रहरीमा खवर गरिसकेको बताएपनि अहिलेसम्म उनको पत्तो लागेको छैन ।
सेपाक ताक्रोका सल्लाहकार एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष सीताराम मास्केले भागेका खेलाडी खोजिदिन सोलस्थित नेपाली दुतावासमा खवर गरिसकेका छन् । जारी एशीयाडको लागि नेपालबाट २ सय ४ जना खेलाडी दक्षिण कोरिया पुगेका छन् ।
यसैविच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले एसियाडमा खेलाडी भागेको पुष्टी भए सम्बन्धीत खेल संघलाई एसियाड पछि कारवाही गर्ने बताएका छन् ।
हामीसँग कुरा गर्दै लामाले एसियाडका खेलाडी भागेको घटनाको जिम्मेवारी हाल दक्षिण कोरियामै रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, ओलम्पिक कमिटिका अध्यक्ष ध्रुव बहादुर प्रधान एवं पदाधिकारीहरु तथा टोलीका सेफ डे मिशनले लिनुपर्ने बताए ।
कुनैपनि खेलाडी भाग्नु राज्यको वेईज्जत हो भन्दै सदस्यसचिव लामाले एसियाडको समाप्तिसँगै यस विषयमा गम्भिर ढंगले छानविन र कारवाही अघि बढाउने बताए ।
|
##
|


0 comments:
...