|
###
|
काठमाडौं : भर्खरै थाइल्यान्डमा सम्पन्न एएफसी यु-१६ फुटबल प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्यो। नेपाल समूहगत चरण त पार गर्न सकेन, तर साविक विजेता उज्वेकिस्तानलाई बराबरीमा रोक्नु र बलियो टोली कुवेतलाई हराउनु उल्लेख्य सफलता बन्यो।
प्रतियोगिताको उपाधि उत्तर कोरियाले जितिसकेको छ, जुन टोलीसँग बराबरी खेल्न नसक्दा नेपाली टोली क्वार्टरफाइनल पुग्न सकेको थिएन। अहिले नेपाली यु-१६ फुटबल टोलीको चर्चा सेलाइसकेको छ।
तर विश्व फुटबल महासंघ (फिफा)को वेभसाइटमा नेपाली फुटबललाई नै गर्व गर्न लायक समाचार छापिएको छ। नेपाली टोलीका युवा स्टार स्ट्राइकर विमल घर्ती मगरबारे 'नेपालका सनसनीवाजले तयार गरेको उच्च आकांक्षा' शीर्षक फिचर समाचार फिफा वेभसाइटको 'होमपेज'मा महत्त्वका साथ राखिएको छ।
'भर्खरै एएफसी यु-१६ च्याम्पियनसिप खेलेका अधिकांश टोली महादेशीय फुटबलमा आफ्नो अस्तित्व खोजिरहेका थिए। तर विमल घर्ती मगर स्थापित स्टार खेलाडीका रूपमा प्रतियोगितामा सहभागी थिए', उक्त समाचारको सुरुआत यस्तो छ।
गत वर्ष नेपालमा आयोजना भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपदेखि एएफसी यु-१६ को छनोटमा उनले गरेको प्रदर्शन, युरोपका ठूला क्लबको नजर र अन्तत: बेल्जियको क्लब एन्डरलेच्टमा उनको आबद्धतालाई सविस्तार उल्लेख गरेको छ।
'एन्डरलेच्टको यु-१९ टोलीबाट खेलिरहेका नेपाली प्रतिभाशाली फुटबलर विमलले एएफसी यु-१६ अघि नै अन्तर्राष्ट्रिय प्रतियोगिताको मिठो अनुभव लिइसकेका थिए। १६ वर्षकै उमेरमा उनले हरेकस्तरको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।
१५ वर्ष आठ महिना आठ दिनको उमेरमा गोल गरेर सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली सिनियर फुटबल टोलीका खेलाडी बने।' नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्न विमलकै योगदान रहेको फिचरमा उल्लेख छ।
.jpg)
विमललाई एसियाकै चम्किदै गरेका तारा भनेर पनि उल्लेख गरिएको छ। साफ च्याम्पियनिसप लगत्तै एएफसी यु-१६ छनोटमा उनको सनसनीपूर्ण प्रदर्शनको चर्चा गरिएको छ। 'छनोटमा नेपालको समूहमा इराक, तुर्कमेनिस्तान र बहराइन जस्ता बलिया टोली थिए।
तर कप्तानी र खेलाडीका रूपमा विमलको प्रदर्शन बेजोड रह्यो। तुर्कमेनिस्तानसँग त उनले ह्याट्रिक नै गरे', फिफा अनलाइनमा उल्लेख छ, 'व्यक्तिगत स्तरमा विमल एसियाका अधिकांश समकक्षीभन्दा माथि छन्। म्यानचेस्टर युनाइटेड, एफसी ट्वेन्टे र लायर्स एसकेजस्ता क्लबको नजरमा पनि परे। अन्तत: एन्डरलेच्टले आबद्ध गर्यो।'
फिफा अनलाइनका प्रतिनिधिसँगको कुराकानीमा विमलले एएफसी यु-१६ प्रतियोगितामा गर्न नसके पनि यु-१९ स्तरमा अपेक्षा गरिएको बताए। 'हाम्रो टोली राम्रो छ। त्यसैले यो टोलीको सदस्य भएकोमा गर्व लाग्छ।
आगामी एएफसी यु-१६ कपमा यो टोली छनोट हुनेछ भन्नेमा म धेरै आशावादी छु। खेलाडीबीचको समझदारी, टिमवर्क र समन्वय नै हाम्रो बलियो पक्ष हो' विमलले भनेका छन्। उनले आफ्नो उद्देश्य युरोपियन क्लब फुटबलमा खेल्नु र नेपाललाई ऐतिहासिक सफलता दिलाउनु रहेको बताएका छन्।

##
|
.jpg)

0 comments:
...