| 
###
 | 
 काठमाडौं – सोनी टेलिभिजनको आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंकले नयाँ सिरिजका एचडी टिभीहरु बजारमा ल्याएको छ। कम्पनीले सोनी ब्राभिया फोर के का तीन, फूल एचडी टिभीका चार र आर सिरिज टिभीका दुई नयाँ सिरिज बजारमा ल्याएको हो ।
यी फ्ल्याट स्क्रिन टिभीमा कहिले पनि नदेखिएको वेज स्ट्रक्चर रहेको छ जसले सबै प्रकारले उत्कृष्ट ध्वनि प्रशारण गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ। फोर के टिभीमा भएको वान फ्लिक ईन्टरटेनमेण्ट विशेषताले दर्शकहरुले आफ्नो मन पर्ने च्यानल सजिलै परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस्तै ब्राधिया आर३५२बी, आर ३५२बी र आर३०६बी टिभीहरु टिभीहरु धुलो, विधुतिय झट्का, चट्याङ्ग र उष्णताबाट हुन सक्ने क्षति रोक्न सक्ने कम्पनीले जनाएको छ । ब्राभिया आर३५२बी र आर३०६बी टिभीहरु भ्यान्टिलेसनको काम गर्ने स–साना प्वालहरु रहेका छन् जसले टिभीलाई तात्न दिदैंन साथै यो प्रविधिले टिभी भित्र किराहरु प्रवेश गर्न रोक्ने कम्पनीको दाबी छ । यसको बनावटले पनि टिभी भित्र वायु प्रसारण सहज गराउँछ । यी टिभीहरुमा नौं किलो भोल्ट सम्म चट्याङ्गको झट्का सम्हाल्न सक्ने क्षमता रहेको छ । प्रिन्टेड सर्किट वोर्डमा आद«ता रहित कोटिङ्ग गरिएकाले टिभी भित्रका तामाको सर्फेसहर्रु उच्च आद«ता भएको ठाउँहरुमा पनि सुरक्षित हुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार फोर के एलइडि टिभीका एक्स९०००बी मोडलका ६५ र ५५ इन्च टिभी उपलब्ध छ भने एक्स एक्स८५००बी मोडलका ५५ ईन्च र ४९ ईन्च उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार फुल एचडि टिभीमा डब्लु८५०बी मोडलको ६० ईन्च र ७० ईन्च, डब्लु८००बी मोडलका ५५, ५० र ४२ ईन्च र डब्लु७००बी मोडलमा ४२ र ३२ ईन्च, डब्लु६००बी मोडलमा ६० र ४० ईन्च र आर४७०बी, आर४२०बी, आर४७२ मोडल उपलब्ध छ । ब्राभियाको एक्स्ट्रा प्रोटेक्सन मोडल भने आर३५२बी ४२ ईन्च र आर३०६बी ३२ ईन्चमा उपलब्ध छ ।
| 
##
 | 

0 comments:
...