Headlines News :
Home » » होटलबाट एक जोडी पक्राउ

होटलबाट एक जोडी पक्राउ

###
म्याङ्लुङ्ग: तेह्रथुम सदरमुकाम म्याङ्लुङ्गको एक होटलमा यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा प्रहरीले बिहिबार साँझ एक जोडीलाई पक्राउ गरेको छ। प्रहरीले म्याङ्लुङ्गको निलकमल होटलको कोठाभित्र यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा एक जोडी युवा युवतीलाई पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा होटलमा छापा मार्दा युवा युवतीलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होटलमा छापामार्दा करिव २५ बर्षिय युवक र २३ बर्षिया युवतिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बिदुर गौतमले बताए। पक्राउ परेका युवायुवतिको नाम भने प्रहरीले खुलाएको छैन।

पक्राउ परेका युवकको घर बिराटनगर र युवतिको भने तेह्रथुम जिल्लामै रहेको प्रहरीले जनाएको छ। यता होटल संचालक प्रेम राईले भने होटलको कोठा बुक गरी बसेका युवकले कति खेर युवतिलाई ल्याएर राखेको आफुहरुलाई थाहा नभएको बताएका छन् ।

प्रहरीले एक साता अघि म्याङ्लुङ्ग बजारकै काजोल होटलबाट पनि एक जोडिलाई आपत्ति जनक अवस्थामा पक्राउ गरेको थियो। जिल्लाका विभिन्न बजारहरुमा खुलेआम रुपमा यौन व्यवसाय संचालन भैरहेको सूचना आएकाले होटलहरुमा छापा मार्न थालिएको प्रहरी नायव उपरिक्षक गौतमले बताए। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar