|
###
|
काठमाडौं,भदौ २४ – सार्वजनिक कार्यक्रममा गगन थापा नीति निर्माणदेखि निर्माणमा विदेशीको पैसा लिन नहुने बताउँछन् । संविधानसभा गठन भएको ७ महिनापछि उनी कृषि तथा जलस्रोत समितिको सभापति बने । तर त्यही समितिको निर्णय भने त्यस्तै विकासे प्रति
निधिले लेख्छन् । डब्लुडब्लुएफका प्रतिनिधि सन्तोष नेपाल लेख्ने काममा संलग्न छन् । गत साताको बैठकमा सांसद् सरह नै बसेका उनले धमाधम ड्राफ्ट गरिरहेका थिए,त्यही प्रस्ताव सभापति थापाले वाचन गरे । सकेसम्म पत्रकार नआउन भन्ने सोचका राख्ने समिति सचिव रामशरण घिमिरे तिनै विकासे प्रतिनिधिलाई निर्णय सच्चाउन ओहोर दोहोर गरिरहेका थिए । वातावरण संरक्षण समितिसमेत ओगटेका घिमिरेले विकासे संस्थाका प्रतिनिधिलाई विज्ञ भन्दै सहभागि गराउँदै आएका छन् । विकास संस्थाका प्रतिनिधिको सल्लाह मानेर संसदीय समितिले हचुवामा निर्णय गर्ने गरेका छन् । विभिन्न जिल्लामा खोलो तर्ने तुइन चुडिएर विद्यार्थी नदीमा खसेका बेला यही समितिले बाँदर लगायतका बन्यजन्तु ओहोर–दोहोरका निम्तिी राजमार्गमा आकासेपुल बनाउन सरकारलाई निर्देशन दिएको थियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

##
|

0 comments:
...