Headlines News :
Home » , » रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते (भिडियोसहित)

रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते (भिडियोसहित)

###
बारा, भाद्र १७ । बारामा आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच झडप हुँदा चारजना घाइते भएका छन । हलखोरिया जंगलमा बम्जनका अनुयायीले स्थानीयलाई जगंलमा नसोधी हिंडेको भन्दै समात्ने र कुटपिट गर्ने गरेपछि झडप भएको हो ।

बम्जनका अनुयायीहरुले स्थानीय उतिम गुरोलाई हात बाँधेर बन्धक बनाइ रातभर निर्घात कुटेको खुलासा भएपछि आज बिहान जंगलमा पुगेका स्थानीय र बम्जन पक्षबीच झडप भएको हो ।

झडपमा बम्जनका अनुयायी समिर गुरुङ, रुपबहादुर थिङ, लामा बालक र गाउँलेतर्फ राकेश गुरो घाइते भएका छन । स्थानीयलाई बन्धक बनाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । बम्जनले भने आफ्ना केटाहरुबाट कमजोरी भएको भन्दै माफी मागेका जनाइएको छ ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar