|
###
|
तुलसीपुर: पश्चिम दाङका श्रीगाउँ गाविस–५ सिम्ठानाका ६५ वर्षीय शङ्कर चौधरीको परिवार १२ घन्टासम्म सिसौको रुखमा चढेर बाँच्न सफल भयो । केही समय अगाडि बबई नदीमा आएको बाढीले घरसहित सबै जमिन बगाएर लगे पनि घरको परिवार आफ्नै घरको बगैचाँमा रहेको सिसौको रुखमा चढेको थियो ।
मगंलबार जिल्ला प्रशासन कार्यालय दाङद्वारा आयोजित राहत वितरण कार्यक्रमा चौधरीले आफ्नो पीडा सुनाउँदै भने ,“घरसहित सबै समान, गाई भैसी बाख्रा सबै बाढीले बगाएर लग्यो, ज्यान भने बचाउन सफल भयाँै, अब हामीलाई गाँस र बासको व्यवस्था सरकारकारले गरिदिनुपर्यो । ”
मगंलबारनै जिप्रकाले सो गाविसका बाढीपीडित १८ घर परिवारलाई प्रतिपरिवार रु पाँच हजारका दरले राहत वितरण गरेको छ । जिप्रका टोलीले ती परिवारलाई नगदसहित प्रतिपरिवार एक बोरा चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट, कम्मललगायत सामग्री वितरण गरेको हो । - रासस

##
|

0 comments:
...