Headlines News :
Home » » दुध चिया राम्रो कि कालो चिया ? जानिराखौ

दुध चिया राम्रो कि कालो चिया ? जानिराखौ

###
दुध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दुध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले दिनमा चार कप भन्दा बढी चिया पिउनु हसदैन ।
चिया पिउनै परे सबैभन्दा राम्रो छनोट ग्रिन टी हुनसक्छ । यसले शरीरको तौल घटाउन पनि मद्धत गर्छ । यसमा एन्टिअक्सिडन्ट पनि पाइने भएकाले शरीरलाई फाइदा गर्छ । सिधै चियापत्ति राख्नुभन्दा टी ब्याग राम्रो मानिन्छ । किनकी चिया उमाल्दा चियापत्तिमा पाइने पोषकतत्व नष्ट हुन्छ । दुधले पनि चियापत्तिमा पाइने एन्टिअक्सिडन्टलाई नष्ट गर्छ । कालो चियाले रक्तनलिमा क्लट हुनबाट रोक्छ । र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउछ । चियापत्तिमा भिटामीन सि, डि, के र एमिनो एशिड हुन्छ जसले शरीरलाई फाइदा गर्छ । कालो चियामा चिनि अन्त्यन्तै न्युन राखेर वा राख्दै नराखी पिउदा फाइदा गर्छ । त्यसैले दुध चिया भन्दा कालो चियाले फाइदा गर्छ !
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar