|
###
|
काठमाडौं : जन्मथलोमा दसैंतिहार मनाउन राजधानीबासी घर जाने तीव्र भएपछि काठमाडौं विस्तारै सुनसान बन्दैछ। दैनिक एक लाखको हाराहारीमा विभिन्न माध्यमबाट मानिस राजधानीबाट बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत भदौ २५ गते देखि शुक्रबार सम्म करिब १५ लाख जनाले राजधानी छोडिसकेका छन्।

विशेषगरी व्यापारीक केन्द्रबाहेक अन्य स्थान मानिसको घुइँचो कम देखिन थालेको छ। सवारीसाधनले खचाखच हुने सडक बिहान र साँझ बाहेक अन्य समयमा सहज रूपमा गुडिरहेका छन्। राजधानी बस्नेहरू ठूलो संख्या घर फर्किएकोले सवारीको चाप घट्दै गएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वसन्त पन्तले बताए। सर्वसाधरणको यात्रालाई सहज तुल्याउन विभिन्न वस व्यवसायीले राजधानीका १० स्थानमा टिकट काउन्टर खोलेका छन्। नयाँ वसपार्क गोंगबु, पुरानो वसपार्क, सुन्धारा, कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला लगायतका १० स्थानमा टिकट काउन्टर खोलिएका छन्।
दसैं मनाउन वैदेशिक रोजगारबाट समेत फर्कने क्रम जारी छ। जन्मथलोलाई छाडेर दैनिक गुजारा गर्न राजधानीलाई कर्मथलो बनाएका विभिन्न जिल्लाका मानिसहरू आफन्तसँग रमाइलो गरी दशैं मनाउन घर फर्कने गर्दछन्। घटस्थापना देखि नीजि तथा सरकारी विद्यालयहरू बन्द भएपछि राजधानीको सडकमा सवारी चाप कम भएको हो। ' अहिले सडक धेरै खुकुलो भएको छ, वस छुट्ने स्थानहरूमा केही जाम भएपनि अन्य स्थानमा सामान्य देखिएको छ, उनले भने।
यस पटक टिकट काउन्टर र राजधानी बाहिरिने नाकामा सुरक्षा स्थिति मजबुत बनाईएकोले बाहिर जाने यात्रु लुटिएको घटना भएका छैनन्। डेरा तथा घर छोड्न परेमा नजिकको छिमेकी तथा प्रहरी युनिटलाई लाई सुचना दिन महानगरीय प्रहरी आयुक्तले सर्वसाधरणमा अनुरोध गरेको छ। नाका-नाकामा प्रहरीले चेक प्वाइन्ट राखेर छतमा यात्रा गर्न निषेध गर्दै आएको छ। छतमा यात्रा गर्दा दुर्घटनाको जोखिम हुने भएकाले प्रत्येक वस व्यवसायीलाई पत्राचारै गरी छतमा यात्रु नराख्न अनुरोध गरिएको जानकारी एसपी पन्तले दिए।

##
|

0 comments:
...