Headlines News :
Home » » व्यावसायिक खेती गर्न चाहने किसानलाई सरकारले जग्गा उपलब्ध गराउने

व्यावसायिक खेती गर्न चाहने किसानलाई सरकारले जग्गा उपलब्ध गराउने

###
चितवन, असोज १४ – नेपाल सरकारले यो वर्षबाट व्यावसायिक रूपमा खेती गर्न चाहने किसानलाई आवश्यक पर्ने जग्गाको भाडा उपलब्ध गराउने भएको छ । कृषिमन्त्री हरि पराजुलीले यो वर्षबाट उक्त कार्यक्रम लागू हुने जानकारी दिए । आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पराजुलीले यसका लागि आवश्यक तयारी भएको र छिट्टै सार्वजनिक सूचना जारी हुने जानकारी दिनुभयो ।

यसका लागि सरकारले रु तीन करोड छुट्याएको उनले जानकारी दिए । “किसानले जग्गाभाडा लिँदा सरकारले भाडा रकम दिने त छँदै छ, उनीहरूले गर्न चाहेको खेतीका लागि सिडमनीका रूपमा रु ३२ हजारदेखि रु एक लाखसम्म अनुदानको समेत व्यवस्था गरेका छौँ, मन्त्री पराजुलीको भनाइ छ ।” “अहिलेसम्म नेपालमा निर्वाहमुखी कृषि प्रणाली छ, यसलाई विस्थापित गरेर व्यवसायमुखी कृषि प्रणाली ल्याउनु आवश्यक छ, मन्त्री पराजुलीले भन्नुभयो, त्यसतर्फ सरकार गम्भीर बनेको छ ।”

सरकारले जग्गा भाडासहित सीमान्तकृत समुदायको आयआर्जन विकासका लागि रु तीन करोड, युवा लक्षित कार्यक्रमअन्तर्गत कृषि अनुदानका लागि रु ९७ करोड र ब्याज मिनाहाका लागि रु एक अर्ब बजेट छुट्याएको समेत उनले जानकारी दिए । उनले यसवर्ष विदेशिन खोजेका र विदेशबाट फर्किएका तथा कृषिमा व्यवसायीकरण गर्न खोज्ने युवामध्ये १० हजारलाई स्वरोजगार बनाउने मन्त्रालयको लक्ष्य रहेको समेत उनले जानकारी दिए ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar