Headlines News :
Home » » यसरी ठगिए यात्रु....

यसरी ठगिए यात्रु....

###
धनकुटा, आश्विन १४ - यात्रुले खचाखच भरिएको बसमा '१२ वटा एम सीट खालि रहेको' सुचना लेखिएको थियो । सोही सूचना देखाउँदै बसका कर्मचारी थप यात्रु भित्र्याउँदै थिए । सीट सबै भरिएर पनि बसको प्यासेजको बाँकी भागको एम सीटमा भन्दै यात्रु थपिनेक्रम जारी थियो । यो दृश्य आइतवार राजधानीको कलंकीबाट झापाको काँकडभिट्टाका लागि छुटेको ना.४ ख ७४६ नं.को स्वयम्भु नेशनल नामको बसको थियो ।

जब गाडी हुईकिन थाल्यो तब मात्र एम सीट खोई भन्दै यात्रुले जिज्ञासा राखे । बसका कर्मचारीले मुडा देखाउँदै भने, 'एम सीट यहि हो ।' प्यासेजमा कोचिएका १४ यात्रु मध्ये थोरैले मात्र मुडाको सीट पाए । सीट नपाएका केहि यात्रुले झ्यालबाट सडकतिर मुडा फ्याकिदिए । विवादले उग्र रुप लियो । यात्रुले पैसा फिर्ता मागे, तर फिर्ता दिइएन । गाडी रोखिएन, अझ तिब्र गतिमा हुईकियो ।

गाडी छुट्ने समय ४ः३० बजे भनिएपनि कलंकीबाट साँझ ७ बजे मात्र छुटेको उक्त बस थानकोट चेकपोष्टमा गएर रोकियो । यात्रुले प्रहरीलाई आफुहरु सीटको प्रलोभन देखाएर ठगिएको जानकारी गराए । त्यहाँ रहेका सुरक्षाकर्मी र बस कर्मचारीबीच एकान्तमा कुराकानी भयो र पुनः गाडी अगाडी बढ्यो । तर यात्रुले न्याय पाएनन् । जापानिज् भाषाको परीक्षा दिएर आफ्नो घर इटहरी र्फकदै गरेका सञ्जिव थापाले जीवनमा पहिलो पटक यस्तो कष्ट पाएको बताए । उनले सवारी साधनले यसरी धोका दिएकोबारे बिरोध गर्दा राति अबेर खाना खान रोकिएको स्थानमा उनी माथि बसका चालक सहचालकहरुले आक्रमण प्रयास समेत गरे । सो दृश्य नियालिरहेका अन्य यात्रु समेत त्रासमा परेको उनीहरुको अनुहारले स्पष्ट संकेत गथ्र्यो । वृद्ध, महिला र अशक्त अवस्थाका समेत यात्रु बसको प्यासेजमा रात बिताउन बाध्य भए ।

सामान्यतः राजधानीबाट छुटेको यात्रु वाहक सवारी साधन बिहान सबेरै गन्तव्यमा पुग्ने गर्दछ । तर काँकडभिट्टा पुग्नु पर्ने उक्त बस इटहरीमा बिहान ११ बजे मात्र बल्ल पुग्यो । राजमार्गका अधिकांश स्थानमा जथाभावी रोकेर अरु यात्रु थप्नेक्रम रातभर जारी रह्यो । यात्रुले आफ्नो सामानको सुरक्षा समेत महसुस गरेनन् । झापाको दमक जान हिडेकी यात्रु दिवानी राईको मोबाइल गाडीभित्रै हरायो । अन्य यात्रुका झोला कुल्चिएर सामाग्री नष्ट भएको गुनासो गरे । इटहरी बसपार्कमा उत्रिएका अर्को बसका यात्रु सृजना राउतले आफु पनि सीटको प्रलोभनमा ठगिएर रातभर कष्टप्रद यात्रा गर्न वाध्य भएको गुनासो गरिन् । क्षमता भन्दा दोब्बर यात्रु राखिने र यात्रुलाई सीटको प्रलोभन देखाएर हैरानी दिने गरेपनि सम्बन्धित निकायले उचित सहयोग नगरेको गुनासो चुलिएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar