Headlines News :
Home » » डीभी’को आवेदन आज रातीबाट खुल्ला

डीभी’को आवेदन आज रातीबाट खुल्ला

###
डीभी’को आवेदन आज रातीबाट खुल्ला
सन् २०१६ का लागि अमेरिकी डाइभर्सिटी भिसी ‘डीभी’को आवेदन आज रातीबाट खुल्ला हुने भएको छ । अमेरिकी दुतावासले जनाए अनुसार सन् २०१६ को डिभी लोटरीका लागि असोज १५ अर्थात् अक्टोबर १ को नेपाली समय अनुसार राति पौने दश बजेबाट आवेदन खुल्ला हुन लागेको हो ।
असोज १५ बाट सुरु हुने आवेदन कार्तिक १७ अर्थात् नोभेम्बर ३ को राति पौने ११ बजेसम्म खुल्ला रहने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । सन् २०१६ को डाइभर्सिटी भिसाका लागि आवेदन दिन अमेरिकी सरकारको आधिकारिक वेभसाइट डब्लु डब्लु डब्लु डट डीभीलोटरी डट स्टेट डट जिओभीमा गई आवेदन फारम भर्नु पर्नेछ । यो आवेदन दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित गरि प्रिन्ट गरेर राख्नुपर्नेछ । आफूले भरेको डिभी प¥यो वा परेन भनेर हेर्नका लागि भने सन् २०१५ को मे ५ सम्म कुर्नुपर्नेछ । सन् २०१५ को मे ५ पछि डब्लु डब्लु डब्लु डट डीभीलोटरी डट स्टेट डट जिओभी मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्नुपर्नेछ ।
यस डीभी लोटरीमा सहभागी हुनका लागि कम्तीमा उच्च माध्यमिक तह अर्थात् दश जोड दुई वा सो सरह उत्र्तीण गरेको हुनुपर्नेछ । कुनै खास विषयमा विशेषज्ञता हासिल गरेका मानिसहरुलाई पनि सो सरहको मान्यता दिइने गरिएको छ । काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा पैसा लिएर डिभी परेको गुनासो र उजुरी परेको भन्दै इडीभीका लागि कुनै शुल्क नतिर्न पनि दुतावासले सर्वसाधरणलाई अपिल गरेको छ । त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि दुतावासले सबैसँग आग्रह गरेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar