Headlines News :
Home » » एकघन्टा आकासमै होल्ड गर्दा पनि जहाज काठमाडौं ओर्लिन सकेनन् -

एकघन्टा आकासमै होल्ड गर्दा पनि जहाज काठमाडौं ओर्लिन सकेनन् -

###
काठमाडौं : भारतको हुदहुदी आँधिका कारण नेपालका आन्तरिक र वाह्य उडानका ५६ वटा वायुसेवाको उडानमा असर परेको छ। हुदहुदी आँधिको असरका कारण मंगलबार दिनभर मौसम बिग्रिएपछि नौं वटा अन्तर्राष्ट्रिय उडानका वायुसेवा र ४७ वटा आन्तरिक वायुसेवाको उडानलाई असर पारेको छ।

मंगलबार दिनभर मौसममा खरावी आएका कारण नेपाल भित्रने ८ वटा बाह्य र नेपालबाट बाहिर जाने बुद्ध एयरको एक गरी नौ वटा अन्तर्राष्ट्रिय उडानलाई प्रभावित भएको छ।

विभिन्न मुलुबाट नेपाल आएका ८ वटा अन्तर्राष्ट्रिय उडानका वायुसेवा आधा घण्टादेखि एकदेखि डेढ घण्टासम्म आकासमा होल्ड गर्दा पनि अवतरण गर्न नसकेपछि फिर्ता गए। नेपाली आकासमा आइपुगेर पनि त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेको एयर अरेविया, इण्डिगो, जेट एयरवेज, एयर एसिया एक्स, एयर इण्डीया, इत्तिहाद, चाइना इस्र्टन र ओमान एयरको उडान डाइभर्ट (फिर्ता) भएको छ।

यी वायुसेवाले अवतरण गर्न नसकेका कारण फिर्ता गएको विमानस्थलस्थित अन्तर्राष्ट्रिय टर्मिनल व्यवस्थापन प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। साँझपख काठमाडौं आएको विमान वंगालादेश र दुवइले भने करीब आधा घण्टा आकासमा घुमेर पनि काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

काठमाडौंमा अवतरण गर्न नसकेका कारण युएई आएको एयर अरेविया, इण्डिगो, जेट एयर भारतको लखनउ फिर्ता गएका छन्। वनारसबाट आएको एयर इण्डिया एयर सोही ठाँउमा फिर्ता गएको छ। मस्कटबाट आएको ओमान एयर भारतको लखनउ, क्वालालम्पुरबाट आएको एयर एसिया एक्स भारतको कलकत्ता, चीनको कुन्मीङबाट आएको चाइना इस्टर्न वंगलादेशको ढाका र अबुधाँवीबाट आएको इत्तिहाद एयर भारतको लखनउ फिर्ता भएको ठाकुरले जानकारी दिए। उनका अनुसार काठमाडौंबाट भारतको वनारस उडेको बुद्ध एयरको जहाज पनि खराव मौसमकै कारण फिर्ता भएको छ।

उनका अनुसार आन्तरिक उडानमा पनि करीव ७० प्रतिशत उडान मौसमको खरावीका कारण हुन सकेनन्। आन्तरिक उडानका वायुसेवामा यती एयरको पाँच वटा माउन्टेन फ्लाइटसहित १९ वटा उडान रद्ध भएको छ। वुद्ध एरको पनि पाँच वटा माउन्टेनसहित १५ वटा उडान रद्ध भएको सम्वन्धित वायुसेवाको विमानस्थल कार्यालयले जानकारी दिएका छन्। अर्को आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरको पनि ६ वटा माउन्टेनसहित १५ वटा उडान रद्ध भएको सिम्रिक एयरका बजार निर्देशक प्रज्वल थापाले जानकारी दिए। उनका अनुसार मौसमको खरावीका कारण विहानको माउन्टेन फ्लाइट र पोखराको सबै उडान रद्ध भएको छ। अन्य क्षेत्रमा आशिंक उडान रद्ध भएका छन्।

मौसमको खरीबीका काराण यतीको पोखरा भएन नौ, भरतपुर नेपालगञ्ज, भैरहवा, जनकपुर विराटनगरका १/१ उडान रद्ध भएको छ। बुद्ध एयरको पनि पोखरा पाँच, भैरहवा दुई, विराटनगर, वनारस र भरतपुरको १/१ उडान रद्ध भएको उल्लेख छ। सिम्रिक एयरलाइन्सको पनि पोखरा ६, भैरहवा एक र पोखराबाट जोमसोम उडानको तीन वटा उडान रद्ध भएको थापाले जानकारी दिएका छन्। अन्तरिक उडानमा काठमाडौ बाट उडान गर्ने नियमति उडानका तीन वायुसेवा बाहेक काठमाडौं र बाहिरबाटा उडान गर्ने अन्य वायुसेवाको पनि मौसमकै कारण उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar