### |
लमजुङ, असोज २८ – मनाङको नार गाउँमा हिमपहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् ।
हिमाली भेगमा रहेको चौरी हेर्न गएका ३ जना हिमपहिरोमा परेर बेपत्ता भएको मनाङ प्रहरीले जनाएको छ ।
हिमपहिरोमा परेर नार–३ का ३० वर्षका
घ्याल्चोक लामा, नार–४ का ४७ वर्षका फूर्पा लामा र अरु १ जना बेपत्ता भएका
छन् । हिमपहिरोमा पुरिएको अर्को १ जनाको नाम खुल्न नसकेको मनाङका डिएसपी
राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
उनीहरु मंगलबार बिहान ११ बजेतिर
हिमपहिरोमा पुरिएपनि प्रहरीलाई दिउँसोमात्रै खबर आएको मनाङ प्रहरीले जनाएको
छ । सोमबार रातीदेखि परेको अविरल बर्षाका कारण स्थानीयबासिन्दा घरबाट
बाहिर निस्कन सकेका छैनन् । गाउँमा ३/४ फिटसम्म हिउँ जमेको छ ।
घटनास्थलमा ठूलो हावाहुरी चलेको र हिमपात
भैरहेकोले उद्दारका लागि जना नसकिएको प्रहरीले जनाएको छ । घटनास्थल जान नार
गाउँबाट २ घण्टा लेकतर्फ र मनाङ सदरमुकाम चामेबाट ११ घण्टाको पैदल
हिँड्नुपर्ने हुन्छ । घटनास्थल टाढा भएको, घटनास्थलमा हावाहुरी र हिमपात
भैरहेकाले घटनास्थलमा तत्काल जान नसकिएको प्रहरी नायब उपरीक्षक रेग्मीले
बताएका छन् ।
## |
0 comments:
...