Headlines News :
Home » » गुल्मी धुर्कोट वस्तुको विचित्र गुफा ओजेलमा

गुल्मी धुर्कोट वस्तुको विचित्र गुफा ओजेलमा

###
गुल्मी धुर्कोट वस्तुको विचित्र गुफा ओजेलमा परेको जानकारी
नारायण प्रसाद भण्डारी, धुर्कोट ,बस्तु गुल्मी
सवैभन्दा वढी आकृति भएको विचित्र गुफा गुल्मी धुर्कोट वस्तुको एकान्त ठाँउमा अवस्थित छ । गुल्मी हरियाली पाखा र सौन्दर्यका दुष्यहरुमा भरीपूर्ण नाम सुन्दा नै रमाइलो विचित्र गुफा पश्चिम नेपाल गुल्मी जिल्लाको धुर्कोट वस्तु गा.बि.स.को कुम्लाबन भन्ने ठाँउमा अवस्थित छ । यो गुफा गुल्मी जिल्लाको सदरमुकाम तम्घास देखि २० किलोमिटर र छल्ली खोलाको ७०० मिटर उचाईमा रहेको छ ।
यो गुफाको उत्पत्तिको वारेमा भन्नुपर्दा यो ठाँउमा ठूला ठूला ओडार भएको देखिए पनि मानिसहरु एउटा भय र त्रासको कारण यसको बारेमा अनुसन्धान गर्न सकेका थिएनन् । समयवस भन्नु पर्छ हरेक कुराको उत्पत्ति, अवलोकन र निरीक्षण छुट्टा छुट्टै किसिमवाट हँुदो रहेछ । यसको उत्पत्ति बि.स.२०४५ श्रावण महिनामा कृषकको मुख्य वाली मकै बादारले खाएको र तिनीहरुलाई स्थानीय वासिन्दाले लखट्ने क्रममा ती बादरको बथान ठूलो ओडार भित्र पसेको थियो । त्यस ओडारबाट पनि कसरी लखट्न सकिन्छ भनि जुक्ति निकाल्ने क्रममा एउटा अग्लो बासको घारोको सहायता लिई मानिस त्यस ओडारको अध्यारो प्वाल बाट उज्यालोको सहायता लिई भित्र पसे । त्यस भित्रको अध्ययन गर्ने क्रममा कतै साघुरिएको भाग र कतै खुला भागहरु विभिन्न किसिमका आकृतिहरु, भगवानका मुरतीहरु, चहकिला पत्थरहरु, पत्थरमा सजिएका देवताका आकृतिहरु, इत्यादिको दृश्य देख्दा कोही मानिस आश्चर्य चकित बने, कोही डराए । त्यसपछि यसको बारेमा गहन अध्ययन, अनुसन्धान र अवलोकन तिव्र रुपमा हुन थाल्यो ।
यसै क्रममा गुफाको क्षेत्रभित्र सप्ताह पूजा गरी यसको वृहत रुपमा प्रचार गरियो र सहज अवलोकनको लागि पुलको निर्माण गरि यस गुफाको नाम विचित्र गुफा भनि नामकरण गरियो । यसको लम्वाई १९० मिटर रहेको घोषणा गरियो ।
यस भित्र रहेका आकर्षणहरुमा
-गाईको थन,
-स्वर्गजाने बाटो
-शिव लिङग
-पारदर्शी ढुङ्गा
-कृष्ण गोपीनीसंग नाचेको दृश्य
-रामले सितालाई विहे गर्ने क्रममा धनुस उचाल्दा ३ टुक्रा परेको दृश्य
-कृष्णले दही चोरदा ठेकीबाट दही पोखिएको दृश्य
-रावणले सीतालाई हरण गरेर लगेको दृश्य इत्यादि रहेका छन् । विभिन्न किसिमका दृश्यले सजिएको विचित्र गुफा विश्वकै सवै भन्दा बढी आकृति भएको गुफाको रुपमा चिनिन्छ ।
गुफाको अन्तिम ठाँउमा रहेको स्वर्ग जानेबाटो विशेष आर्कषणको केन्द्र विन्दु रहेको छ । धार्मिक मान्यता अनुसार पाप गरेको मानिस त्यस ढोका भित्र छिर्न सक्दैन भन्ने कथन रहेको छ । यो गुफा नेपालको सवै भन्दा ठुलो गुफा हो । यसको सम्पुर्ण भागको अध्ययन अझै पनि हुन सकेको छैन, वृहत अनुसन्धान भएमा यो विश्वको सवै भन्दा ठूलो गुफा हुने अनुमान गर्न सकिन्छ । यसको सहज अध्ययन को लागि गुफा व्यवस्थापन समितिले भित्ते पात्रोहरु, पुस्तक प्रकाशन गरेको छ ।
यसको नेपाल सरकार, नेपाली जनताले राष्टिय, अन्तराष्टिय स्तरमा प्रचार प्रसार गर्नु आवश्यक छ । महेन्द्र गुफा भन्दा ठूलो यस विचित्र गुफाको एक पटक स्वदेश तथा विदेशका पर्यटक, पर्यटनहरुलाई अवलोकन गर्न अपिल गर्दछु ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar